जंगल क्षेत्रमा चरनको कमीले बस्ती छिर्न थाले नाउर


आदर्श अनलाइन, मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रका कृषकले आफ्नो बगैचामा अन्तरबालीका रुपमा लगाएको तरकारी बाली जंगली जनावर नाउरले खाएर नष्ट गर्ने गरेको छ ।

जलवायु परिवर्तन तथा अहिलेको शुख्खा यामका कारण उच्च हिमाली क्षेत्रमा चरनको अभाव भएपछि हिमाल नजिक रहेका मुस्ताङको मार्फा लगायतको क्षेत्रमा आएर तरकारी बाली खाएर सताउन थालेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार हरेकजसो बिहानको समयमा बागवानी फार्मको स्याउ तथा ओखरको बगानमा अन्तरबालीका रुपमा लगाइएको काउली, बन्दा लगायतका तरकारी बाली खाएर सताउने गरेको छ ।

बिहानै बगानमा निस्कदा प्राय नाउरको बथान आउने र अन्तरबालीका रुपमा लगाइएका तरकारी खाने गरेको छ । सँधै जसो आउने भएकाले खासै भाग्दैन, अलिक अटेरी गर्दै खान्छ, चिच्याउने कराउने गरेर धपायो अनि जान्छ–आत्रेयले भन्नुभयो । दुःख गरेर शीतोष्ण हावापानीमा हुने फलफुल तथा तरकारी लगाइएको छ तर नाउर आएर खाइ दिन्छ के गर्नु गर्नु–उहाँ सुनाउनु हुन्छ ।

संरक्षित जनावर भएको कारणले पनि त्यसलाई कुनै पनि प्रकारको क्षति पु¥याउन नहुने भएकोले पनि त्यसबाट बच्नलाई केही समस्या भएको छ । अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना एक्यापको क्षेत्र भित्र पर्ने भएकाले पनि वन्यजन्तुले दुःख दिँदा केही गर्नै नसक्ने अवस्था रहेको मार्फाका कृषक दिपक लालचनको भनाई छ ।

खासगरी जंगली नाउले पुसको दोश्रो हप्ता देखि माघ महिनाभर सताउने गरेको बिगत भए पनि अहिले पछि सम्म सताएको हुँदा अन्य जनावरको आक्रमणबाट जोगिनका लागि पनि मानव वस्ती नजिक रहेको हुन सक्ने लालचनको भनाई छ । जंगलमा हुने अन्य शिकारी जनावरको आक्रमणको जोखिमले गर्दा तल्लो क्षेत्रमा झरेको र त्यही समयमा कृषकको तरकारीबाली नष्ट गरेको हुन सक्ने उहाँले भन्नुभयो ।

यो वर्ष जंगली जनावरले क्षती पु¥याएको मार्फा क्षेत्रमा हो अन्यत्र खासै क्षती भएको जानकारी नआएको अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कतै हिड्ने बाटोमा परेको समय भएर क्षती पु¥याएको हुन सक्ने भए पनि नाउर आफैमा मानव वस्ती नजिक आउने खालको जनावर नभएको कारणले पनि कतै जाने मुभमेन्टको क्रममा क्षति पुगाएको हुन सक्ने सम्भावना रहन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *