महिलाहरुले आयोजना गरेको मेलाबाट बचत भएको रकमबाट व्यावसायिक हितकोष


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजनामा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालीत माघे संक्रान्ति मेलामा बचत भएको रकम व्यवसायिक हितकोषमा जम्मा गरिएको छ ।

मेलाको आर्थिक विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाट महिला उद्यम विकास समितिकी सभापति अम्बिका श्रेष्ठले म्याग्दी उद्योग वाणिज्य संघमा रहेको व्यवसायीक हितकोषमा एक लाख रुपियाँ जम्मा गरेको बताउनुभयो ।

मेलाको अवसरमा कुल १८ लाख १४ हजार छ सय ६६ रुपियाँ बराबरको आम्दानी खर्च भएको उहाँको भनाई थियो । मेला सफल पार्नका लागि विभिन्न व्यक्ति संघसस्था तथा व्यवसायिक फर्महरुले १० लाख ३८ हजार तीन सय ६६ रुपियाँ महिला उद्यम विकास समितिलाई प्रदान गरेका थिए । त्यस्तै टिकट बिक्रीबाट चार लाख २० हजार, स्टल भाडाबाट तीन लाख ३५ हजार पाँच सय, खेलकुद प्रतियोगिता दर्ता शुल्कबाट १५ हजारआठ सय र दोहोरीगित प्रतियोगिताको दर्ताशुल्कबाट पाँच हजार रुपियाँ आम्दानी तर्फ देखिएको छ ।

मेलाको अवसरमा एक लाख रुपियाँ उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरेको समेत गरी विभिन्न शिर्षकमा १७ लाख ६९ हजार ५ सय खर्च भएको र ४५ हजार एक सय ६६ रुपियाँ महिला उद्यम विकास समितिले बचत गरेको समितिकी कोषाध्यक्ष गिता रिजालले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बद्धनमा प्रमुख भूमिका खेलेको बताउनुभयो ।

महिला उद्यम विकास समितिकी महासचिव प्रमिला श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *