नेकपा एमाले बागलुङको अधिवेशन नजिकिदै : केपी ओलीले उद्घाटन गर्ने

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । चैत्रको २९ र ३० गते बागलुङ बजारमा हुने अधिवेशनको तयारी अन्र्तगत पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट र निमन्त्रणा गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसीको नेतृत्वमा गएको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अथितिको निमन्त्रणा दिएको हो ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले बागलुङले तयारी तीव्र पारेको नेकपा एमालेका केन्द्रिय सदस्य डा. सुर्य पाठकले जानकारी दिनुभयो ।

गत माघ ७ गते सम्पन्न एमाले जिल्ला कमिटि बागलुङको नवौं पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनको तयारीको लागि बैठकले नेताहरुलाई जिम्मेवारी समेत प्रदान गर्नुका साथै विभिन्न उपसमितिहरु पनि निर्माण गरेको थियो ।

जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी ओलीको आतिथ्यतामा उत्सवको रुपमा मनाउन दशै वटा पालिकाको सबै तहको नेता र कार्यकर्तालाई सक्रिय बनाइएको नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष हिराबहादुर केसीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *