बागलुङमा राष्ट्रिय सहकारी दिवस : ४ दिनमा ९ ठाउँमा कार्यक्रम


आदर्श अनलाइन, बागलुङ

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले स्थानीय पालिकाहरु र विभिन्न विषयगत सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाहरुसंगको सहकार्यमा ४ दिने विविध कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

विषयगत सहकारी संघ र बागलुङ नगरपालिकासंगको वैठकबाट ४ दिनसम्म सबै पालिकाका सहकारीकर्मीहरुको सहभागितामा कार्यक्रम गर्ने निर्णय अनुसार चैत १७ गतेदेखि चैत २० गतेसम्म ९ वटा कार्यक्रम सम्पन्न गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

बुर्तिबाङमा अन्तरक्रिया
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सहकारीकर्मीहरुको सहभागितामा चैत १७ गते शनिवार बुर्तिबाङ बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्द, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य लोकेन्द्र निरासी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूुिमका विषयमा सहजीकरण गर्नु भएको थियो ।

No description available.

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, सचिव तेज प्रसाद शर्माको सञ्चालन र त्रिवेणी वचत तथा ऋण सहकारी संस्था बुर्तिबाङका अध्यक्ष उत्तम महतको स्वागतमा सम्पन्न कार्यक्रममा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा सञ्चालनमा रहेका सहकारी संस्थाका ७० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सहकारी दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नका लागि त्रिवेणी वचत तथा ऋण सहकारी संस्था, बुर्तिबाङ बचत तथा ऋण सहकारी संस्था, जनसञ्चार सहकारी संस्था, मखमली बचत तथा ऋण सहकारी संस्था र खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेका थिए ।

गलकोटमा अन्तरक्रिया
जिल्ला सहकारी संघको अभियान अन्तरगत दोस्रो दिन चैत १८ गते गलकोट नगरपालिका र जिल्ला सहकारी संघको आयोजना एवम् जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङको संयोजनमा हटिया बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भुमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर श्रीस, जिल्ला बचत संघका उपाध्यक्ष गणेश बहादुर खत्री, गलकोट नगरपालिका सहकारी शाखा प्रमुख हरीदत्त सुवेदी, गलकोट सहकारी सञ्जालका अध्यक्ष विरेन्द्र श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानसंगै सहकारीमार्फत गर्न सकिने व्यवसायिक कार्यहरुका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) को अध्यक्षता, सचिव तेज प्रसाद शर्माको सञ्चालन र संघका सञ्चालक शिवा कुमारी खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

पत्रकारहरुसंग अन्तरक्रिया
चैत १८ गते अपरान्ह बागलुङका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जिल्ला सहकारी संघ लिमिटेड बागलुङ, सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा आयोजना भएको कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता चक्र बहादुर खत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले समृद्धिको अभियानमा सहकारी र सञ्चारको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो । जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्मा र सञ्चालन सूचना तथा सञ्चार सहकारी संघका कोषाध्यक्ष तारानाथ आचार्यले गर्नु भएको थियो ।

मानवसेवा आश्रममा दुध र दही वितरण
६७ औं राष्ट्रिय सहकारी दिवस अघिल्लो दिन १९ गते मानव सेवा आश्रम बागलुङमा दुध र दही वितरण गरिएको थियो । जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको आयोजना तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयोजनमा मानव सेवा आश्रममा रहेका ५३ जनालाई दुध तथा दही वितरण गरिएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम र सञ्चालन संघका सचिव गोविन्द सापकोटाले गर्नु भएको थियो ।

कृषकहरुसंग अन्तरक्रिया
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर चैत १९ गते कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । बागलुङ नगरपालिका, जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र जिल्ला कृषि सहकारी संघ बागलुङको आयोजना तथा कृषि ज्ञान केन्द्र बागलुङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य हरिकला पौडेल, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा, कृषि शाखाका प्रमुख सुवास सापकोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरण, कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले कृषि क्षेत्रको विकासका लागि सरोकारवालाहरुको भूमिका र ज्ञानकेन्द्रका कार्यक्रमहरुको बारेमा र पशु सेवा केन्द्रका पशु विकास अधिकृत डण्डपाणी शर्माले कार्यालयमार्फत सञ्चालन हुने सेवा सुविधाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कृषि सहकारी संघका सचिव गंगा बहादुर थापाले गर्नु भएको थियो ।

काठेखोलामा अन्तरक्रिया
६७ औं राष्ट्रिय सहकारी दिवसको मुख्य दिन चैत २० गते काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ बागलुङको आयोजना एवम् सूचना तथा सञ्चार सहकारी संघ बागलुङको संयोजनमा काठेखोलामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक), प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका सञ्चालक खिम बहादुर कार्कीले मन्तव्य व्यक्त गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

No description available.

जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता, जिल्ला सहकारी संघका सञ्चालक तथा वडा नं. ६ का वडा अध्यक्ष बृहस्पती कंडेलको स्वागत र काठेखोला गाउँपालिकाका सहकारी शाखा प्रमुख प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरु सूर्य प्रसाद कंडेल, टंक प्रसाद कंडेल, डिल प्रसाद कंडेल, गुरु प्रसाद कंडेल, टिका थापा, उजेली शर्मा, देवीमाया पुन लगायतले सहकारी सञ्चालनका क्रममा देखिएका समस्याहरु, असल अभ्यासहरु र उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन सकिने विषयमा सुझाव दिनु भएको थियो ।

जैमिनीमा अन्तरक्रिया
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत २० गते कुश्मीसेरा बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जैमिनी नगरपालिका र जिल्ला सहकारी संघ बागलुङको संयुक्त आयोजनामा दिवस मनाइएको हो । जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्य, जिल्ला सहकारी संघका सचिव तेज प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहकारीकर्मीहरुको ¥यालीले कुश्मीसेरा बजार परिक्रमा पछि आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सहकारीका सदस्यहरु मध्ये सुन्तला, गोलभेडा, मौरी तथा बाख्रा उत्पादनका क्षेत्रमा काम गरी उत्कृष्ट काम गर्ने ५ जना कृषकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जैमिनी नगरपालिका वडा नं. ४ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक चक्र बहादुर थापा र सञ्चालन पशु सेवा विभागका प्रमुख कृष्ण प्रसाद ढकालले गर्नु भएको थियो ।

बागलुङ बजारमा ¥यालीसहित मुख्य समारोह
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत २० गते बागलुङ बजारमा ¥याली सहित मुख्य समारोह सम्पन्न भयो । बागलुङ नगरपालिका र जिल्ला सहकारी संघ बागलुङको संयुक्त आयोजनामा मनाइएको ६७ औं सहकारी दिवस ¥याली सहित बागलुङ बजार परिक्रमा गरि मनाइएको थियो ।

बागलुङ बजारको समिक्षालयचोकबाट सहकारीकर्मीहरुको हात हातमा नारा, व्यानर, प्लेकार्ड सहित शुरु गरिएको ¥याली बागलुङ बजार परिक्रमा गरी राधाकृष्ण मन्दिरको सभाहलमा पुगेर मूलसभामा परिणत भएको थियो ।

राष्ट्रिय सहकारी दिवसको मूल समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, नेफ्स्कुनका निर्वतमान सञ्चालक चण्डीप्रसाद शर्मा, बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, जिल्ला सहकारी संघका सञ्चालक लिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलको स्वागत तथा बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोलामा पनि दिवस मनाइयो
निसीखोला गाउँपालिका र पालिका भित्रका सञ्चालनमा रहेका ९ वटा सहकारीहरु मिलेर चैत २० गते गाउँपालिका कार्यालयमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।

No description available.

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार चन्द, निसीखोला सहकारी सञ्जालका सल्लाहकार संयोजक भविन्द्र बहादुर कुँवर, देवि दोभान वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला कुमारी राम्जाली, देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाका सचिव उमलाल भुषाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

निसीखोला सहकारी सञ्जालका अध्यक्ष तेजिन्द्र कुमार शर्माको अध्यक्षता, देवि दोभान वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक हुम कुमारी गुरुङको स्वागत र त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका निसी सेवा केन्द्रका प्रवन्धक भूमिराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *