सिंगामा ट्राफिक सचेतना कार्यक्रम


आदर्श सञ्चार, म्याग्दी

बेनी नगरपालिका–४ सिंगामा रहेको जनजाग्रिती आमा समूह तथा जिल्ला ट्राफिक कार्यालय म्याग्दीको सहकार्यमा सिंगामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आमा समुहले बेनी नगरपालिका–४ हरियाली चोक र पौडेल चोकमा सडकमा जेब्राक्रस बनाउनुका साथै स्थानियलाई ट्राफिक नियमबारे सचेतना गराउने कार्य सामाजिक उत्तरदायित्व अन्तरगत पर्ने र यो कार्य निकै सराहनीय भएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँले आमा समूह पछिल्लो समय ग्रामिण भेकमा रहने स्थायी समूह भएको हुनाले पनि उहाँहरुले चालेको सकारात्मक कार्यको सिको सबैले गर्नु पर्ने अध्यक्ष खड्काको भनाई थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रहरी बरिष्ठ नायव निरीक्षक(बरिष्ठ सइ) राजकुमार केसीले सवारी चालकहरुलाई ट्राफिक नियम र सर्वसाधारणको अधिकारको बारेमा ज्ञान हुनु पर्ने र सर्वसाधारणले पनि सडक प्रयोग कसरी गर्नु पर्छ भन्ने थाहा हुनु पर्नेमा जोड दिनुभएको थियो । जो कसैको पनि सामान्य गल्तीले सडकमा कसैको पनि ज्यान जान सक्ने भएकोले सचेतना सबैमा आवश्यक रहने उहाँको तर्क थियो । आमा समूहले जेब्रााक्रस निर्माण गर्नुका साथै सचेतना कार्यक्रम आयोजना गरेर राज्य र जनताप्रतिको दायित्वलाई अझ मजबुत बनाएको उहाँको भनाई थियो ।
आमा समूहका अध्यक्ष डम्बरकुमारी बानियाँले समाजमा रहेको समूहले नै समाजलाई चेतना जगाउनका लागि प्रयास गर्नु पर्ने भएकोले नै यस्तो कार्य गरेको बताउनुभयो । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आमा समूह सक्रिय रहने उहाँको भनाई थियो ।

कार्यक्रममा बेनी नगरपालिका–४ का वडा सदस्य केन खत्री, सामाजिक अगुवा बिना खड्का, टोल सुधार समितिका अध्यक्ष भुपेन्द्र बानियाँ, रेडक्रस सोसाइटी सिंगा उपशाखा सभापति सुमन बानियाँ, खानेपानी उपआयोजनाका अध्यक्ष तेजबहादुर बानियाँ, बिरेन्द्र बानियाँ, तल्लो सिंगा आमा समूहकी अध्यक्ष टिका कुमारी रेग्मीलगायतले मन्तव्य राख्नु भएको थियो । आमा समूहकी अध्यक्ष डम्बरकुमारी बानियाँको अध्यक्षता, रबिना बानियाँको स्वागत र सरिता सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *