म्याग्दीमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु


आदर्श सञ्चार, म्याग्दी

म्याग्दीको बेनीमा रहेको निलगिरी यातायात प्रालिको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता बेनी बजारमा शुरु भएको छ ।

शनिबार जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले प्रतियोगिताको उद्घाटन गर्दै नीजि क्षेत्रको खेलकुदमा प्रवेश भएपछि खेल क्षेत्र माथि उठ्ने भएकाले यस्ता प्रतियोगितालाई सबैले प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले यातायात क्षेत्रले गरेको यो प्रतियोगिताले ब्याडमिन्टन प्रतियोगितामा खेलाडीको सहभागिता मात्रै नभएर आफ्नो स्वास्थ्यलाई समेत ध्यान दिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । म्याग्दीबाट ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरको खेलका लागि एक जना छनौट भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्न आग्रह गर्नुभयो ।

यस्ता प्रतियोगिताले खेल प्रतिभा पहिचान मात्रै नभएर अझै राम्रो गर्न समेत हौसला मिल्ने उहाँको भनाई थियो ।

दुई दिन सम्म सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम निलगिरी यातायात प्रालिका अध्यक्ष प्रविण शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निलगिरी यातायात प्रालिका अध्यक्ष बिजय थापाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष टिका पुर्जा, बेनी नगर ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राई, म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसी, अफिसियल संयोजक राजकुमार शाही लगायतको उपस्थिति रहेको थियो । सि तथा डि समूहको मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा ८४ समूहको सहभागिता रहेको निलगिरी यातायात प्रालिका सचिव थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *