बागलुङमा विद्यालयका सवारी चालकलाई सचेतना दिँदै ट्राफिक प्रहरी

आदर्श अनलाइन, बागलुङ

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका विद्यालयका सवारी चालकलाई शनिबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार विद्यालयमा सवारी चालक र सह चालकको रुपमा कार्यरत कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुमन निउरेले सहजिकरण गर्नुभएको थियो ।

प्रहरी नायव निरीक्षक न्युरेले ट्राफिक नियम, सवारी साधन चलाउदा ध्यानदिनु पर्ने बिषय, ट्राफिक संकेतलगायतका बिषयमा चालक र सहचालकलाई सहजीकरण गर्नुभएको थियो ।

सरकारले ल्याएको निर्देशिका पालना नगर्दा सडकमा दुर्घटना हुने, सवारी जाम हुने र त्यसले अनावस्यक अन्य घटना पनि सिर्जना गर्ने गरेको हो । जथाभावी संचालन भैरहेका बस तथा भ्यान र माइक्रोबसले नियम नमान्दा सडक दुर्घटना बढेको र सवारी जाम बढेको निउरेको भनाई छ ।

सिट क्षमताभन्दा बढी बालबालिका राख्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, बिद्यालय समयमा कोचाकोच बिद्यार्थी राख्ने गरेका छन । हरेक सवारी साधनमा आपतकालिन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनु पर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ तर उक्त निर्देशिका पालना भएको छैन ।

विद्यालयका प्रिन्सिपल, शिक्षक, चालक र सहचालक राखेर ट्राफिक सचेतना कार्यक्रममा विद्यालयको सवारी चालक अन्य चालक भन्दा सम्मानित भएको बताउँदै सयौं विद्यार्थीहरुको जीवन लिएर हिड्ने चालकहरुले नियम अनुसार सवारी चलाउँदा जोखिम कम हुने बताउनु भयो ।

बैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रको क्रममा प्रभावकारी अनुगमन गरेर कारवाही थाल्ने निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *