बुर्तिबाङमा आजदेखि प्रोफेसनल आइटिएफ तेक्वान्दो

आदर्श अनलाइन, बागलुङ
बागलुङको बुर्तिबाङमा आजदेखि पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता सुरु हुने भएको छ। बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा दुई दिने प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष प्रतीक घर्ती मगरले जानकारी दिनुभयो। प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौल समूह र पुरुषमा ५५–६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन्।

यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङको बसपार्कमा हुने प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन्। यो प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *