कालिका कपको उपाधि त्रिभुवन आर्मीलाई

आदर्श अनलाइन, बागलुङ
सर्वाधिक पुरस्कार राशीको कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुबन आर्मीले चुमेको छ ।

भलिबलको उपाधिका लागि आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा बागलुङ घुम्टे रेष्टुरेण्टलाई पराजित गर्दै उपाधि जितेको छ ।

चैते दशैंको अवसरमा बागलुङ कालिका गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालित खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले रु. तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब संग हारेको बागलुङ घुम्टे रेष्टुरेण्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ । फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मी क्बले गलकोट घुम्टे रेष्टुरेण्टलाई २५–१८, २५–१२ र २५–२२ अंकले पराजित गरेको हो ।

बुधबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेण्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेपछि फाइनलामा पुगेको थियो । उपाधिको तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउदै कस्तुरी युवा क्लबले हात पारेको छ ।

प्रतियोगिताको विजेताले रु.३ लाख, उपविजेताले रु.१ लाख ५० हजार र तृतीयले १ लाख पुरस्कार प्राप्त गरेको भलिबल खेल संयोजक अर्जुन खड्काले बताउनुभयो । खड्काले खेलाडीका लागि अतिरिक्त भत्ताको समेत व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *