बुर्तिबाङमा मेयर कप प्रोफेशनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनमा मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । बागलुङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश, ३ विभागीयसहित ११ समूहको सहभागिता रहेक छ ।

कार्यक्रमलाई संघीय सांसद देवेन्द्र पौडेलले सम्बोधन गर्दै खेल क्षेत्रको विकास भएमा मात्र राष्ट्रको विकास हुने भएका कारण तीन वटै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । सांसद पौडेलले आफू विदेशका धेरै ठाउँमा जाँदा समेत धेरै प्रगति भइसकेको बताउँदै नेपालमा खेलकुदको सम्भावना प्रचुर रहेका कारण त्यसको व्यवस्थापनका निम्ति राज्यकै तीनवटै तहले कार्यक्रम अगाडि ल्याउनु पर्ने बताउँदै आफूले समेत त्यसका निम्ति पहल गर्ने बताउनु भयो ।

ढोरपाटन कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन क्षेत्र खेलकुद क्षेत्रमा अगाडि रहेको र खेलकुद स्वास्थ्यका र राष्ट्रका लाग महत्वपूर्ण गहना भएका कारण खेलकुद क्षेत्रमा पर्याप्त लगानी गरिरहेको बताउनु भयो । खेलकुद क्षेत्रलाई राज्यले अविहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको बताउँदै तीनवटै तहका सरकारले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड् दिनुभयो ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्कीको मन्तव्य रहेको थियो । प्रतियोगितामा प्रत्येक समूहबाट समान दुई पुरुष र महिला खेलाडीको बीचमा प्रतिस्पर्धा भइरहेको छ । ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला र पुरुष दुबै तर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रोफेसनल फाइटमा महिला तर्फ ५०–५७ केजी तौल समुह र पुरुष तर्फ ५५–६२ केजी तौल समुह बीच प्रतिस्पर्धा भइरहेको जिल्ला आईटीएफ तेक्वान्दो संघ बागलुङका अध्यक्ष प्रतीक घर्ती मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *