पर्वत समाज कतारले सांस्कृतिक कार्यक्रम सहित साधारण सभा गर्ने

आदर्श अनलाइन, दोहा कतार
पर्वत समाज कतारले आफ्नो वार्षिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रम सहित गर्ने भएको छ । संस्थाले बहुदेश्यीय अक्षय कोष स्थापना गर्ने उदघोष गरि आगामी अप्रील २६ तारिख नज्मा स्थित कलिकोट रेष्टुरेन्टमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा साधारण सभा मनाउन लागेको हो ।

कार्यक्रममा पर्वते राजाले परिचित लोकदोहरी गायक आर.सी पौडेल तथा गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगाना निरु श्रेष्ठ सहित डेढ दर्जन कलाकारको प्रस्तुती रहने छ ।

सन् २००३ मा “निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारा सहित स्थापीत संस्थाले कर्मभुमीमा समस्यामा परेका पर्वतेली तथा गैर पर्वतेली एवं मातृभुमीमा विभिन्न समयमा आउने विपत्तीमा सहयोग गर्दे आएको छ ।

मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुदेश्यीय अक्षय कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष रघुनाथ शर्माले जानकारी दिनुभयो । संस्था स्थापना देखी नै पर्वत समाजले कतारमा स्थापित विभिन्न संस्थासँग सहकार्य गर्दे आएको भन्दै अध्यक्ष शर्माले अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफुले पनि सबैबाट साथ सहयोग अपेक्षा गरेको बताउनुभयो ।

बहुदेश्यीय अक्षय कोष स्थापना गर्नुको उदेश्य प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारी बाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शौक्षिक संस्थाको भौतिक संरचनाहरुको पुःन निर्माण तथा अन्य कार्यमा सहयोग पु¥याउने रहेको पर्वत समाजका निर्वतमा प्रथम उपाध्यक्ष एवं अक्षय कोषका सचिव सन्तोष क्षत्रीले जानकारी दिनुभयो ।

पर्वत समाज कतारका संरक्षक समेत रहनुभएका अक्षयकोषका अध्यक्ष अजय विश्वकर्माले अक्षयकोष मुनाफा रहित जनहितकारी रहेकोले यसलाई पारदर्शी एवं व्यवस्थीत रुपमा दिर्घाकालीन बनाउनको लागि जिल्ला प्रशासन कार्यलय पर्वतमा दर्ता गरेर अगाडी बढने प्रक्रियामा रहेका बताउनुभयो ।

संस्थाले कार्यक्रममा सहभागिताको लागि कतारमा स्थापीत सम्पुर्ण संघ–संस्था, समाजसेवी, बुद्धीजीवी एवं पत्रकार ज्युहरुलाई निमन्त्रणा पठाई सकिएको भन्दै सहभागिताको लागि अनुरोध गरेको छ । विविध साँस्कृतिक कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निशुल्क गरिएकोले पर्वतेली दाजुभाई तथा दिदिबहीनीलाई सहभागिताको लागि विशेष आह्वान गरिएको संस्थाका सचिव भरत मल्लले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *