प्रदर्शनमा घाइते भई मृत्यु भएका डाँगीलाई सहिद घोषणा गर्न राप्रपा बागलुङको माग

रोहन जि.सी, बागलुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संघले बागलुङका विभिन्न स्थानमा आइतबार साँझ राँके जुलुस निकालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चैत २७ गतेको प्रदर्शनमा राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा निधन भएको थियो ।

उक्त मृतक डाँगीलाई सहिद घोषणा माग गर्दै राप्रपा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बागलुङले राँके जुलुस निकालेको हो ।

राप्रपाले चैत २७ गते गरेको प्रदर्शनमा भएको प्रहरी दमन विषयमा गृहमन्त्री राजीनामा दिनुपर्ने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बागलुङका अध्यक्ष गोविन्द पुनले बताउनुभयो ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए । जसमध्ये घाइते एकजनाको मृत्यु भएको थियो । राप्रपाले उक्त मृतकलाई सहिद घोषणा गर्न माग गरेको राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले बताउनुभयो ।

राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा प्रदर्शन गरेको थियो ।

जुलुसमा राप्रपा बागलुङका सचिव विष्णु सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य सुदिप गौतम, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बागलुङका उपाध्यक्ष अनिश प्रधान लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *