पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित


आदर्श सञ्चार, म्याग्दी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट जिल्ला शाखाको रुपमा घोषित भएको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभाको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार पोखरामा आयोजित साधारणसभाको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी जिल्ला शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ ।

‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ, ‘संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो । बि.स २०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी जग्गा ब्यवस्थापन गरेकोमा पौडेलको नेतृत्वमा संरचना बनाएर कार्यसम्पादन गरिरहेको छ । शर्माको अध्यक्षकालमा भवन सहितको जग्गा १० वर्षको लागि लिजमा पाएकोमा सोही भवनमा पौडेलको नेतृत्वमा कार्यालय स्थापना गरेर अहिले कार्यालय व्यवस्थापन सोही स्थानबाट हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *