श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई खाद्यान्न सहयोग


आदर्श सञ्चार, म्याग्दी

बेनी नगरपालिका–७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको वौद्धिक अपांगता भएका विद्यार्थीहरुले अध्ययन गर्ने बाल जागृति आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर हाल अष्ट्रेलियामा रहनुभएका फगामीका छोरा वुहारी वर्षात र दुर्गा फगामीले उपलब्ध गराउनु भएको २५ हजार रुपियाँ बराबरको मुल्य पर्ने खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको थियो ।

वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्धिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *