बुद्ध जयन्तीमा सांस्कृति संग्रहालय भवन उद्घाटन गरिने

आदर्श अनलाइन, बागलुङ
आगामी जेठ १० गते बुद्ध जयन्तीको अवसरमा बागलुङको काठेखोला गाउँपालिका–३ तंग्राम स्थित गाउँमैत्री अक्षकोषद्वारा निर्माण गरिएको सांस्कृति संग्रहालय भवनको उद्घाटन गरिने भएको छ ।

उद्घाटनको अवसरमा देशकै ठूलो दाबी गरिएको २८० केजी क्षमताको नगरासमेत बझाइने छ । आज संग्रहालय परिसरमा आयोजित पत्रका सम्मेलनमा गाउँमैत्री अक्षकोषका संरक्षक हेमराज आश्रम पुनले बुद्ध जयन्तीकाे अवसर पारेर भवनको उद्घाटनसंगै विभिन्न कार्यक्रम गर्न थालेको बताउनुभयो ।

उहाँले एक करोड २५ लाख लागतमा निर्माण गरिएको सांस्कृतिक तथा बाध्य बाधक संग्रहालयको उद्घाटन गरिने बताउदै सोही दिन बुद्धको मूर्ति समेत प्रतिस्थापन गरिने बताउनुभयो । उहाँले दशेकै ठूलो नगरा बीधिवत रुपमा बजाएर शुरुवात गरिने बताउदै दुई जनालाई नगर्ची घोषणा समेत गरेको बताउनुभयो ।

नगरा बजाउनका लागि नगर्र्चीद्वय जगर बहादुर परियार र सर बहादुर परियारलाई नियुक्ती गरिएको पत्रकार सम्मेलनमा सुनाउनुभयो । उहाँले जेठ १० गते बुज जयन्ती मेलाका रुपमा गाउँमैत्री अक्षकोष जिमाकले मनाउन थालेको बताउदै संग्हालयले २०८६ सालमा पूर्णता पाउने बतउनुभयो ।

पत्रकार सम्मेलन कोषका अध्यक्ष चयन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा पत्रका महासंघ बागलुङको कोषाध्यक्ष विजय राना, संगम घर्ती लगायतले जिज्ञासा राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *