बागलुङका तीन स्थानिय पालिकामा महिलाहरुका लागि निशुल्क स्क्रिनिङ शिविर हुने

आदर्श अनलाइन, बागलुङ

धौलागिरि अस्पताल बागलुङको आयोजनामा बागलुङका तीन स्थानिय पालिकामा पाठेघर तथा आङ खस्ने महिलाहरुका लागि निशुल्क स्क्रिनिङ शिविर हुने हुने भएको छ ।

महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको सहयोग र स्थानिय तहका स्वास्थ्य कार्यालयहरुको समन्व्यमा बागलुङ बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र काँठेखोला गाउँपालिकामा शिविर संचालन गरिने भएको हो ।

धौलागिरि अस्पताल बागलुङले पत्रकार सम्मेलनको आयोजना गरि बरेङ गाउँपालिकामा बैशाख २९ गते, जैमिनी नगरपालिका जेठ ५ गते र काँठेखोला गाउँपालिकामा जेठ १२ गते शिविर संचालन गर्ने तय भएको जानकारी दिएको छ ।

शिविरको वारेमा जानकारी दिदै अस्पतालका प्रमुख कन्सलटेन्ट गाइनोलोजिष्ट डाक्टर रेखा पौडेलले जिल्ला तीन स्थानिय तहमा पाठेघर सम्वन्धी स्क्रिनिङ शिविर संचालन गरिने र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी भेटिएमा धौलागिरि अस्पतालमा निशुल्क शल्यक्रिया गरिने बताउनुभयो ।

सो अवसरमा ३० बर्ष उमेर नाघेका महिलाहरुको भिआइए टेष्ट, स्तन क्यान्सर र हात्तीपाइले रोगसंग सम्वन्धीत सेवा पनि उपलव्ध गराइने उहाँको भनाई थियो । उहाँले आफुलाई शंका लागेका बिरामीले रोग नलुकाई खुलेर उपचार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलको अध्यक्षता, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानको स्वागत र मेडिकल रेकर्डर नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *