आदर्श सञ्चार र विवेकशील सहकारी बीच अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र बुटवलको विवेकशील बचत तथा ऋण सहकारी संस्था बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले शेयर सदस्य बुझ्ने भएपछि जस्तोसुकै पस्थितिमा पनि सहकारी अप्ठ्यरोमा नपर्ने बताउनुभयो । सहकारी सिद्धान्त र मर्म अनुसार संचालन हुनु पर्नेमा जोड उहाँले दिनुभयो ।

No description available.

बागलुङका विभिन्न सहकारीले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरेपछि विधि र विधान अनुसार चलेका सहकारीलाई केही समय समस्या परेको सुनाउँदै अहिले लयमा आउन थालेको सुनाउनुभयो । आदर्श सञ्चारले दूर दराजका नागरिकलाई समाचारका माध्यमबाट सूसुसचत गराउनुका साथै बचत तथा ऋणको कामसमेत गर्दै आएको बताउनुभयो ।

No description available.

विवेकशील बचत तथा ऋण सहकारी उपाध्यक्ष मधुकला कुँवरले आदर्श सञ्चार सहकारीबाट आफूहरुले धेरै विषयमा ज्ञान लिएको बताउनुभयो । सहकारी–सहकारी बीचको अन्तर संवादले एक आपसमा मजबुत बनाउन र संस्थालाई थप मजबुत बनाउन सकिने उहाँको भनाइ छ । बागलुङ धार्मिक तथा पर्यटकीय क्षेत्रको ठाउँ मात्रै नभएर सहकारीको जिल्लासमेत रहेको कुँवरले बताउनुभयो । कार्यक्रममा दुई वटा सहकारीका संचालकहरु आ–आफ्नो संस्थाको गतिविधि आदानप्रदान गरेका थिए ।

No description available.

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, कोषाध्यक्ष शान्तिदेवी श्रेष्ठको स्वागत र प्रबन्धक दिपकराज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *