धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गण अब मेला महोत्सव गर्न नपाइने

आदर्श अनलाइन, बागलुङ
बागलुङको धौलागिरी बहुमुखी क्यापसको प्राङ्गणमा व्यापारिक उद्देश्यका मेला महोत्सव गर्न नपाइने भएको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलाशका वरिष्ठतम न्यायधीश मोहन पोख्रेलका अनुसार क्याम्पसको शैक्षिक गतिविध प्रभावित पर्ने गरि आयोजना गरिने व्यापारिक मेला महोत्सव बन्द गराउँन परेको रिट माथी अदालतले आगामी दिनमा शैक्षिक, साँस्कृतिक र साहित्यक बाहेकका मेला महोत्सव क्याम्पस प्राङ्गढमा नगराउँन आदेश दिएको हो ।

अदालतले सार्वजनिक चिन्ता र चासोका विषयलाई प्राथमिकताका साथ हेर्ने गरेको भन्दै पोख्रेलले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फछर्याैट गरेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा परेका २ सय ७७ थान विभिन्न प्रकृतिका मुद्दा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १ सय ६१ थान गरी ४ सय ३८ थान मुद्दा मध्ये हालसम्म ३ सय ९० थान मुद्दा फछर्याैट गरिसकेको उहाँको भनाई छ ।

अदालतले असार मसान्तसम्म ३ सय ५५ थान मुद्दा फर्छेउट गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख महिनाभित्रै लक्ष्य भन्दा ४५ थान बढी मुद्दा फछर्याैट गरिसकेको छ ।

अदालतमा हाल ४८ थान मुद्दा मात्र फछर्याैटका लागि बाँकी रहेका छन् । जसमध्ये गत वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा जम्म १ थानमात्र रहेको पोख्रेलको भनाई छ । अन्य सबै मुद्दा ६ महिना भित्रका रहेको उहाँको भनाई छ ।

न्यायका लागि अदालत आएकालाई लामो समय अल्झ्याएर राख्नु पनि अन्यायनै भएको भन्दै उहाँले अदालतका सबै न्यायधीश र कर्मचारी सेवाग्राहीलाई द्रुत सेवा दिनका लागि खटिरहेको बताउनु भयो ।

भुगोल अनुसार मुद्दाका प्रकृति पनि फरक फरक हुने गरेको भन्दै उहाँले बागलुङमा सम्बन्ध विच्छेदका मुद्दाहरु अधिक हुने गरेको बताउनु भयो । उहाँले अदालतबाट सर्वाेत्तम हितका मुद्दामा बढीमा ७ दिन भित्रमा आदेश दिने गरेको बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *