बागलुङमा सञ्चालित सहकारी लेखा तथा व्यवस्थापन तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ

बागलुङमा सञ्चालित सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा सहकारी लेखा तथा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।

जिल्ला भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो । लेखा तथा ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई वित्तीय शुसासन कायम गर्ने, वित्तीय क्षमता विकास गर्दै छरिएर रहेको पूँजी, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र सदस्यहरुको आर्थिक उन्नती गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत इश्वरी ढकालले बताउनुभयो ।

त्यस्तै सहकारीको माध्यमबाट व्यवसायमा आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन र नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्देश्यले सहकारी संस्थाका कर्मचारीलाई तालिम प्रदान गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले बताउनुभयो ।

तालिममा सहकारीको अर्थ, मूल्य मान्यता तथा सिद्धान्तहरुको बारेमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु), सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत इश्वरी ढकाल, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तेजेन्द्र थापा, बागलुङ नगरपालिकाका सहकारी शाखा अधिकृत प्रेम प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागी सुनिता राम्जाली, रेशमलाल सापकोटा लगायतले सहकारी संस्थाका लागि एकीकृत आर्थिक संकेत तथा वर्गिकरण र ब्याख्या सम्बन्धि प्रशिक्षित भएकोमा जोड दिनुभयो ।

बैशाख २१ गतेबाट सञ्चालन भएको तालिममा बागलुङ जिल्ला भित्रका विभिन्न सहकारीहरुका ३० जना लेखापाल तथा व्यवस्थापकको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ लिमिटेड बागलुङका प्रबन्धक सिर्जना शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *