शिव कुमार श्रीसको अध्यक्षतामा जैमिनी समाज जापान गठन


आदर्श अनलाइन, बागलुङ

बागलुङको जैमिनी नगरपालिका घर भई जापानमा अध्ययन तथा विभिन्न पेशा व्यावसाय गर्ने व्यक्तिहरुको भेलाले शिवकुमार श्रीसको अध्यक्षतामा जैमिनी समाज जापान गठन गरेको छ । उनीहरुको भर्चुअल बैठकले जैमिनी समाज जापान संस्था स्थापना गर्नेदेखि यसको कार्यसमिति, कार्यनीति, उद्देश्य, भावी रणनीति प्रस्तुत गर्ने तथा जैमिनीबाट जापानमा रहेकाहरुबीच परिचयात्मक कार्यक्रम गरेको हो ।

शिवकुमार श्रीसको अध्यक्षतामा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा मनोज विश्वकर्मा, सचिवमा नरेश वर्देवा, सहसचिवमा डल्लिमाया श्रीस र कोषाध्यक्षमा कमल शर्मा रहेका छन् । समितिको सदस्यमा तिलक आचार्य, सुवास शर्मा, दिवन राना, सुनिल परियार, जेनि थापा, अर्जुन सापकोटा, संगम क्षेत्री, सन्दिप रसाईली, राज शर्मा पौडेल, संगीत खनाल, सुजन राना, तिलक कँडेल, मिलन राना र गणेश पौडेल रहेका छन् ।

समितिको सल्लाहकारमा डिल्लीराम सापकोटा, अर्जुन पौडेल, दिपक क्षेत्री, प्रकाश केसी, लक्ष्मण भुजेल, केशव श्रीस रहेका छन् । संरक्षक समितिमा विसन थापा, लाल छन्त्याल, बिरेन पुन, गणेश केसी, देव माईला रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *