हरिचौरका महिलाहरुलाई सहकारी व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिका वडा नं. ५ का सहकारीकर्मी महिलाहरुका लागि २ दिने सहकारी व्यवस्थापन तालिम बुधवारदेखि शुरु भएको छ । सहयोगी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र वडास्तरीय आमा समुहको संयुक्त आयोजनामा शुरु भएको तालिममा सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ गलकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पवन हमालले गर्नु भएको थियो । सो अवसरमा बोल्दै वडा अध्यक्ष हमालले सहकारी क्षेत्रमा देखिएको निराशालाई चिर्दै सहकारीमार्फत समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नका लागि सहकारीको व्यवस्थापनमा सुधार ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य गंगा छिनाल, वडा सदस्य ज्ञान कुमारी खत्री, गलकोट नगरपालिका सहकारी शाखाका प्रमुख पुजा रेग्मी, आमा समुहका अध्यक्ष भगवती मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तालिम शुभारम्भ कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष देवी खत्रीको अध्यक्षता, सचिव कलिदेवी खत्रीको सञ्चालन र कोषाध्यक्ष कमला ढकालको स्वागतमा सम्पन्न भएको थियो ।
२ दिनसम्म सञ्चालन हुने तालिममा सहकारी संस्थामा सञ्चालक र लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य र अधिकार, सहकारीको व्यवस्थापनमा कर्मचारीको भूमिका, स्थानीय सहकारी ऐन नियम, सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्यहरुको भूमिका लगायतका विषयमा सहजीकरण गरिने संस्थाका कार्यवाहक अध्यक्ष देवी खत्रीले जानकारी दिनुभयो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्ने खत्रीले जानकारी दिनुभयो ।

साविक हरिचौर गाविस कार्यक्षेत्र रहेको सहयोगी महिला विकास बहुद्दउद्देश्यीय सहकारी संस्थामा हाल हाल ६ सय ६० जना शेयर सदस्य, ५० लाख शेयर रकम, १ करोड ४५ लाख वचत रकम, २ करोड ३ लाख ऋण लगानी सहित २ करोड ५५ लाख कुल सम्पत्ती रहेको संस्थाका लेखापाल रोजिना मल्लले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *