बागलुङमा सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक परिचालन

रोहन जि.सी, बागलुङ

बागलुङमा सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह’ भन्ने मूल नाराका साथ बागलुङमा पनि विभिन्न कार्यक्रम गरी शुरू गरिएको ट्राफिक सप्ताहको आज दोर्सो दिन चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने लगायतको कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन न्यूरेले सवारी साधनको हर्नले अशान्ति फैलाउनुको साथै मानसिक स्वास्थ्यमा असर गर्ने तथा ट्राफिक प्रहरीको कार्यमा समेत अवरोध पुर्‍याउने बताउनुभयो ।

उहाँले सवारीसाधन चालकले धैर्य गरी विस्तारै चलाउँदा सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै पहिलेदेखि नै लागू भएको ‘नो हर्न’को अभ्यासलाई थप प्रभावकारी बनाउन ‘नो हर्न’ को स्टिकर र यस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रम अन्तर्गत बागलुङका सक्रिय युवाहरूले ट्राफिक स्वयंसेवकको रूपमा जिल्लाका विभिन्न स्थान सदरमुकाम, हटिया, बुर्तिबाङ लगायत १० ठाउँमा कार्यक्रम अवधिभर परिचालन गरिएको थियो ।

उद्‍घाटन कार्यक्रममा ट्राफिक प्रमुख लगायत उपस्थित ट्राफिक स्वयंसेवकहरूले सडकमा गुडिरहेका सवारी साधनहरूमा ‘नो हर्न’ लेखिएको स्टिकरहरू उपलब्ध गराउनुभएको थियो ।

ट्राफिक सप्ताहको तेस्रो दिन तथा बैशाख २७ गते ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने ट्राफिक प्रमुख निउरेले बताउनुभयो ।

ट्राफिक सप्ताहको चौथो दिन तथा बैशाख २८ गते चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *