बागलुङमा महिलाको सशक्तिकरणका लागि सीप विकास तालिम

आदर्श अनलाइन, बागलुङ

युवा तथा महिलाहरुको आर्थिक सशक्तिकरणका लागि बागलुङमा सीप विकास तालिम शुरु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयको आयोजनामा सञ्चालन भएको उद्यमशिलता मार्फत युवा तथा महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम बिहिबार देखि शुरु भएको छ ।

तालिमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले तालिमले यस वडाका युवा तथा महिलालाई सीपमुलक तालिम दिएर विभिन्न चरणपछि उद्यम, व्यवसाय गर्न लगाउने र रोजगारीको अवसर प्रदान गर्ने बताउनुभयो ।

विभिन्न कारणबाट पर्न गएको आर्थिक प्रभावलाई कम गर्न अति जोखिममा रहेका युवा तथा महिलाको सीप र ज्ञान अभिबृद्धि गरि स्थानीय बजार सुहाउँदो व्यवसाय सञ्चालन गरेर वा रोजगार प्राप्त गरेर आर्थिक रुपमा सशक्त बनाइने परियोजनाको उद्देश्य रहेको तालिमका प्रशिक्षक तथा आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले बताउनुभयो ।
सो अवसरमा प्रशिक्षक अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिका वडा नम्बर ७ का कल्पना परियारको अध्यक्षता, वडा सदस्य दुर्गा शर्माको स्वागत तथा सावित्री शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा सहभागिले आफ्नो अतिरिक्त समयमा यो तालिमले सिकाएका सिप, ज्ञानले थप सशक्त, आत्मनिर्भर बनाउनेमा जोड दिएको बताउनुभयो ।

३ दिनसम्म सञ्चालन हुने सो तालिममा हुमाकुमारी जि.सी (अञ्जु), लक्ष्मी बोहोरा र दुर्गा शर्माले सहजिकरण गर्ने र महिलाहरुले प्रयोग गर्ने किस्टल माला, चुरा, टप लगायतका सामान बनाउने तालिम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *