लिगको नकआउट चरणको सेमीफाइनलको समिकरण पुरा, संयुक्त चार र एकता क्लब फाइनलमा भिड्ने

आदर्श अनलाइन, बागलुङ

बागलुङमा संचालित जिल्ला फुटबल लिग अन्तर्गतको नकआउट चरण खेलको सेमीफाइनलको समिकरण बिहिबार सम्पन्न भएको छ ।

बागलुङ जिल्ला फुटबल लिग अन्तर्गतको नकआउट चरण खेलमा बागलुङ एकता क्लव र संयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेका छन् ।

जिल्ला फुटवल संघ बागलुङको आयोजनामा संचालित प्रतियोगिता अन्तरगते सेमिफाइनल खेलमा अमर आदर्श युवा क्लवलाई पराजित गर्दै बागलुङ एकता क्लव र तमान युवा क्लबलाई पराजित गर्दै सँयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेका छन् ।

अमर आदर्श क्लवलाई २ का बिरुद्ध ३ गोल गर्दै बागलुङ एकता क्लव र तमान युवा क्लबलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै सँयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेको जिल्ला फुटवल संघ बागलुङका सदस्य जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो ।

फाइनल खेल शुक्रवार १ बजे हुने भएको छ । बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ), पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सदस्य रुविना श्रेष्ठ थापाले जानकारी दिनुभयो । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने जिल्ला फुटवल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *