ट्राफिक सप्ताहको चौथों दिन, विद्यार्थीसंग ट्राफिक प्रहरी

रोहन जि.सी, बागलुङ

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा सञ्चालित ट्राफिक सप्ताह अन्र्तगतको चौथों दिनको कार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गरी सम्पन्न भएको छ ।

ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत बागलुङ जिल्लाका विभिन्न सामुदायिक विद्यालय तथा निजी विद्यालयहरूका विद्यार्र्थीहरु लागि लाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुमन न्यूरेले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान र्पुयाउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ,’ उहाँले भन्नुभयो ।

मानव जीवन सबैभन्दा अमुल्य भएकाले जीवन रक्षाका लागि दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा र्पुयाउने उद्देश्यले रचनात्मक र सिर्जनात्मक ढंगले सप्ताह सञ्चालन गरिरहेको प्रमुख न्यूरेले बताउनुभयो ।

कार्यक्रममा सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ, सवारी दुर्घटना न्युनीकरणमा तपाईँ हाम्रो भूमिका लगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरिएको थियो ।

त्यस्तै सप्ताहको चौथों दिनको कार्यक्रम अन्र्तगत सिट क्षमता कार्यान्वयन, सर्वसाधरणलाई कक्षा सञ्चालन, सवारी साधनको यान्त्रिक परिक्षण, लघु सचेतना कार्यक्रम संचालन तथा स्टिकर टाँस, पर्चा पम्प्लेट बितरण गर्ने कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

सवारी साधनमा जिरो ट्राफिक भ्वाइलेन्स कार्यक्रम सञ्चालन, किप किलियर, यान्त्रिक÷प्रदुषण चेकजाँच, स्पेयर टायर चेकजाँच गरिएको छ । चालक र सहचालकका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले सुरक्षित सडक यात्राका लागि यात्रुहरुको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहने गरी सर्वसाधारणलाई सचेतना कार्यक्रम गरेको थियो ।

ट्राफिक प्रहरीले मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो अभियानले ट्राफिक व्यवस्थापनमा केही सहज हुने विश्वास लिएको छ ।

ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *