अमर आदर्शका विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम

आदर्श अनलाइन, बागलुङ

बागलुङ जेसीजको आयोजनामा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ ।

बुधबार सम्पन्न तालिममा अमर आदर्श माध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत ६० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

तालिममा बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले सहजिकरण गर्नुभएको थियो ।

महतोले अबका विद्यार्थी तथा युवाहरूले यो समाजमा कसरी उदाहरणीय बन्ने भन्ने कुरा महत्वपूर्ण भएको बताउँदै अबका हरेक विद्यार्थी तथा युवाहरूमा आर्थिक, सामाजिक दक्षता भएको हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अमर आदर्श मा.विका सह-प्रधानध्यापक कमल पन्त, बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष विन्दा कार्की, तालिम संयोजक सुशान्तकृष्ण श्रेष्ठ, उपाध्यक्ष प्रतिभा के.सी लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रम विद्यार्थीको क्षमता, व्यक्तित्व र नेतृत्व विकास, प्रभावकारी भाषणकला सम्बन्धि सहजिकरण गरिएको थियो ।

कार्यक्रमको बागलुङ जेसीजका उपाध्यक्ष रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *