मोटरबाटो खनाउने र खन्नेका कुरा

तुल्सीराम पाण्डे
मेरो जन्म २०१२ सालमा छिस्ती गाविस वार्ड नम्बर ३ मा भएको हो । त्यही ठाउमा सानैमा खाइखेली गरियो । उमेर बढ्दै जादँ समय अनुसार घास, दाउरा, गोबर सोतर गरेर र मेलापात गोठालो गरी घरैमा बिताइयो । त्यस समयमा पञ्चायति व्यवस्था थियो । पञ्चले गरेको हुकुम मान्नुपथ्र्यो । पञ्चायत कालमा चुनाव हुदा २०३०\३१ सालमा म गा.स.स मा निर्वाचित भए“ मेरो प्रगतिशील, सहयोगी र दृढस्वभाव देखेर ठूला वडाले मलाई अघि सारेका थिए । त्यस समयमा गाउ“मा स्कुल थिएन । शिक्षाको विकास गर्ने सोंच मेरो मनमा आयो र अरु पञ्चसंग सल्लाह गरेर वडाको ३,४,५,६ को भेला बोलाइयो र त्यस भेलाबाट वसन्त प्रावि खोल्ने निधो गरियो । ९ जनाको समितिमा म सचिव भए । त्यसपछि सदरमुकाम दौडधुप गरेर ६ महिनामा ३ वटा शिक्षकको दरबन्दी स्वीकृती गराउन सफल भए“ ।
त्यहा“ जनजातिको बस्ती बाक्लो भएको हुनाले बच्चाहरुलाई पढ्न पठाएनन् । बाहुन क्षेत्रीले मात्र विद्यालयमा बच्चाहरु पढ्न पठाए । त्यसपछि सबैले घर घरमा गएर पढ्न पठाउन आग्रह गरियो र शिक्षालाई सबैको पहु“चमा पु¥याइयो । पढ्न पठाउन आग्रह गरेर शिक्षाको महत्व बुझाउन खोज्दा त्यस समयमा नपढे पनि भर्ति हुन सकिने, पेन्सन पाईने र अरुको मेलामा गएर हलो जोत्ने र अरु काम गरेर खर्च ल्याएमा जीवन सुखले चल्छ । पढ्ने त काम नगर्ने र हुने खानेले मात्र हो भन्ने बुझाईलाई विस्तारै गरेर बदलियो । काम गर्ने छोरी आटिलोे, भर्ती भएको छोरो आ“टिलो हुन्छ । पढेर काम गर्न हु“दैन र छोराछोरी मातिन्छन ्र बिग्रिन्छन् भन्ने चलन थियो । पञ्चायतकै समयमा ०३३÷३४ सालमा नेपालमा मोटरबाटोको बिस्तार गर्ने र जनबलको आधारमा जिल्लाका सदरमुकामलाई यातायातले जोड्ने राजा विरेन्द्रबाट हुकुम भएछ ।
त्यस समयमा अञ्चलाधिशको शासन थियो । त्यही हुकुम अञ्चलाधिशलाई आएछ । हुकुमस“गै बाटोको नक्सा र काम गर्ने समय पनि तोकिएछ । त्यतिबेला बुटवलबाट पाल्पा, गल्याङ, स्याङ्जाको नौडा“डा हु“दै पोखरा गाडी पुगिसकेको थियो । अञ्चालाधिश आ“फ्ना आठपहरीया र अर्दली स“ग बलेवा आए । १५÷१६ पञ्चायतलाई जम्मा गरेर बाटो खन्न हुकुम दिए । त्यस कुरालाई सबैले तालीले स्वागत गरे । कुरा काट्ने आ“ट कसैले गर्दैनथ्यो । कुनै समयमा एक जना अञ्चलाधिशले बलेवा वरिपरिका बदमास पञ्चहरुलाई छिस्ती फुर्केसल्लामा जम्मा पारेर एकअर्काको कान समातेर उठबस गराएका रहेछन् । त्य“ही कुरा सम्झेर त्यहा“ अञ्चलाधिश आउ“दा स्वागत गर्ने माला लगाउन र अगाडी पर्न अरु पञ्चहरु डराए र मलाई अघि सारे म गएर माला लगाई दिए“ । त्यसपछि उनीस“गै आएका अरु कर्मचारी, आठपहरीया, अर्दली र घोडालाई पनि माला लगाइयो । अञ्चलाधिशले स्याङ्जाको बाडखोलाबाट कार्कीनेटा, शंकरपोखरी फलेवास जैमिनीघाट तारेर बलेवा पाउजा हु“दै बागलुङ पु¥याउने योजना सुनाए ।
त्यस बाटोलाई त्यहा“ पर्ने पञ्चायतको भागमा लगाइयो छिस्तीलाई जैमिनी घाटदेखि ढकाल छहरोसम्म भाग प¥यो । त्यसलाई फेरि ९ भाग लगाएर वडालाई जिम्मा दिईयो । त्यसपछि गाउ“मा आएर गाउ“ भेला (पञ्चभेला) गरियो र माथिबाट बाटो खन्ने हुकुम आएको कुरा सुनाउन र यस दिनदेखि बाटो खन्न सबै घरका एक–एक जना पाको मान्छे जानलाई भनेर कटुवाललाई घोक हाल्न लगाईयो । माघ वा फागुन महिनामा घरबाट डोकोमा भा“डाकुडा, कपडा, कोदालो, कोदाली र खर्च बोकेर ७ दिनको लागी बाटो खन्ने हुलका हुल ता“ती लाग्यो । ७ दिन सम्म उतै ओढारमा रुख मुनी र त्यसै चौरमा बास बसेर बाटो खनियो । त्यसलाई सप्तदान भनेर नाम राखेका थिए (७ दिनको श्रमदान) । त्यसरी बाटो खन्दा आ“फू आ“फूमा यो बाटोमा गाडी आउदैन । हामीलाई व्यर्थमा दुख दिए भनेर प्रजाहरुले कुरा गर्थे । अञ्चलाधिशको हुकुम नमाने राजद्रोहको मुद्दा लाग्ने डरले बाटो खनेको कसैले कुरा गरेनन् । कसैले गाडी हाम्रो पालामा आउ“दैन छोरा नातीको पालामा आउला भन्थे त्यसरी बाटो खनेर फर्कियो ।
त्यसै क्रममा यो पंक्तिकार जन्मस्थान गुल्मीमा कसरी बाटो खनियो भनेर जान्न खोज्दा बुबा चेतनारायण पाण्डेले आफ्नो अनुभव यसरी सुनाउनु भयो । उहा“को उमेर ७६ वर्ष भएको छ । सर्वप्रथम २०१३ सालमा फागुनमा ४ दिनलाई खर्च लिएर बलेटक्सारमा बाटो खन्न गईयो । २०२५ सालामा पाल्पामा गाडी आयो । २०२६ सालमा १ सातालाई खर्च लिएर थोर्गा बाटो खन्न गइयो । हाम्रो भागमा परेको बाटो खनेर छ दिनमा सिद्दियो । २०३३ साल पुषमा १ सातालाई खर्च लिएर जोर्ते बाटो खन्न गइयो । नजानेलाई त्यस समयमा ६० रुपैया“ खारा तिराउने निधो भएको रहेछ । त्यस समयमा खारा तिर्ने सोंच बनाउदा २० रुपैया“ माना घिउ थियो । ३ माना घिउ खारामा जाने भयो । त्यसको १५ दिनपछि फेरी थोर्गामा बाटो खन्न गइयो । २०२६ सालमा नै भिरबाटो खन्न गइयो । फेरि ३५÷३६ सालमा भिरबाटो खन्न गईयो । त्यहा“ अहिले मोटर हिंडेपनि त्यसबेला तल माथि जस्तो पहरो थियो । बाटो बनेको ठाउ“मा पनि त्यस्तै पहरो नै थियो । बा“दर पनि त्यस पहरोमा जान डराउ“थे । हामीहरु रुखमा टेकेर र खरको गा“ज समातेर झुण्डिएर आफ्नो भाग परेको ठाउ“मा पुगेर मान्छेको पाइलो मात्र अडिने ठाउ“ बनाएर आइयो । पछि त्यही गोरेटोलाई फराकिलो पार्दै लगियो । २०२५ सालमा पाल्पामा गाडी आउ“दा ५ रुपैया“ पाथी चामल थियो भने कोदो पनि ५ रुपैया“ पाथी नै थियो ।
थोर्गा बाटो खन्दा दाल चामल तेल र पाउडर दुध सबैलाई बा“डेको थियो । बाटो खन्ने भाग लगाउ“दा जिल्ला पञ्चायतले पञ्चायतलाई भाग लगाइदिन्थे र पञ्चायतले ९ भाग लगाएर वडालाई जिम्मा दिन्थे । एउटा पञ्चायतले बाटो खनेर सिध्याए पछि अर्को पञ्चायतको पालो आउ“थ्यो । थोर्गामा बाटो खन्दा डा“डो ठाउ“ परेको हुनाले पानीको दुख भयो । त्यस कारणले धेरै झरालीहरु बसेको ठाउ“मा फोहोरको डंगुरले दुर्गन्ध फैलाएको थियो । हाम्रो बसाई धनु बा“सको गा“जमुनी शित नपर्ने ठाउ“मा बनाएका थियौं । त्यस समयमा बाटो खन्न नगएमा खारा तिर्नु पथ्र्यो । खारा तिर्न पनि ठुलो सकस पर्ने हुनाले घरमा रोगी उमेर पाकेका र दुई जिउकी आइमाई भएपनि झारामा जानैपर्ने हुन्थ्यो । कोही कोही आईमाई बाटोमै सुत्केरी हुन्थे र उनिहरुलाईस“गै जाने दाजुभाई र छिमेकीहरुले उद्दार र हेरविचार गर्थे । बाटो खन्दा खेरी बाजा बजाउनेहरुले बाजा लिएर बाटो खन्न जानुपथ्र्यो । बाजा बजाउ“दै बाटो खन्दै गरिन्थ्यो । त्यसरी बाजा बजाउदै बाटो खन्दै गरेको देख्दा अलि बुझेका र परदेश तिर घुमेका मान्छेले अहिले हर्ष बधाई गरेर के गर्नु ? मोटर आएमा कति दुर्घटना भएर रुवाबासी हुने हो भनेर सुनाउ“थे ।
त्यस समयमा जुन गाउ“का मानिसहरु बाटो खन्न जान्छन् । त्यस गाउ“मा चोरी भइरहन्थ्यो । मानिसहरु फर्के पछी चोरी हुदैनथ्यो भने चोरहरु अर्को गाउ“मा सर्थे । चोरी भइसकेको ठाउ“मा सम्भावित चोरहरुको बारेमा अनुमान र चर्चा हुन्थ्यो । चोरहरु पक्रिएको र कारबाही भएको भने थाहा भएन । त्यस समयमा साहुका घरमा सुन पैसा चोरी हुन्थ्यो भने अरु मानिसको घरमा गाग्री ताउला चोरी हुन्थे । यसरी मोटामोटी २०२० सालदेखि २०४६ सालमा बहुदल नआउ“दा सम्म वर्षेनी कतै न कतै बाटो खन्न गइयो । महेन्द्रको पालामा खनेका बाटाहरु विना योजना खनिएको हुनाले ति बाटाहरु त्यसै हराए र मासिएर गए । २०२८ सालमा विरेन्द्र राजा भएपछि खनिएका बाटाहरु योजनाबद्द रुपले खनिएको हुनाले ती बाटाहरुमा गाडी गुडेर सदरमुकाम सम्म पुगेका छन् । अन्यत्र पनि त्यही श्रमदानले खनिएका बाटाहरु नै बिस्तार भएका छन् । त्यस समयमा नदी माथि पुल नभएको हुनाले खोला सानो भएमा मात्र गाडी तर्न सक्थे । खोला ठूलो भएमा वा पानी परेमा गाडी तर्न सक्दैनथे र रोकिन्थे । ठूलो नदी भएको ठाउ“मा भने नदीलाई थुनेर रह बनाउने र एउटा काठको डुङ्गा बनाएर मोटरलाई चलाउदै त्यही डुङ्गा माथि चढाउने र रसीले डुङ्गा तानेर पारी लैजाने र फेरी गुडाएर बाटोमा गाडी चलाउने गरिन्थ्यो । त्यस्तो डुङ्गा राम्दीमा र नारायणघाटमा रहेको र त्यसैगरी मोटर तारेको देखेको कुरा बूढापाकाहरु बताउ“छन् ।
पहिले बटौली नुन लिन जा“दा ७ दिन लाग्थ्यो । पाल्पा गाडी आएपछि आज गएर बास बस्ने र भोली नुन लिएर सा“झमा घरमा आउन पाइयो । धेरै सुविस्ता भएको महशुस भयो । रिडीमा गाडी आएपछि विहान उठेर भंैसीलाई कु“डो पानी गरेर गए पनि सा“झमा नुन लिएर आउन पाउ“दा घरैमा नुन आए जस्तो भयो । अहिले घरैमा गाडी आएको छ । नुन पनि तरकारी बसालेर किन्न गए पनि लिएर फर्कदा सम्म तरकारी पनि डढेको हु“दैन । यति सुविधा भएको देख्दाखेरी यही नै मुग्लान भए जस्तो लागेको छ भनेर आ“फ्ना अनुभवहरु सुनाउनु भयो ।
(यमबहादुर क्षेत्री, छिस्ती÷चेतनारायण पाण्डेय गुल्मीसंगको कुराकानीमा आधारित)

Kaligandaki Corridor, one of Nepal’s national pride projects, which connects northern and southern border points of Nepal, being constructed by Nepal Army, in Baglung, on Sunday, May 15, 2016. Photo: RSS

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *