किन बढ्दैछ समाजमा आत्माहत्या ?

राजेशचन्द्र राजभण्डारी

तस्विरः गुगल
अहिले दैनिकजसो मिडियामा खबर हेर्ने हो भने फलानो ब्यक्तिले हामफालेर आत्माहत्या ग¥योे भन्ने सुन्ने गरिन्छ । हामी अहिले २१ औं शताब्दीमा छौ नेपाल आर्थीक रूपले कमजोर भए पनि अहिले युग संगै आएको प्रविधि संग भने धेरै धनी छ भन्दा कसैको पनि आपत्ती हु“दैन होला । हामी जतिजति बिकसित हुदै गइरहेका छौ त्यति त्यति नै मानसिक रूपले कमजोर पनि बन्दै गइरहेको स्पष्ट हुन्छ । श्रावण महिनामात्र आत्माहत्याको नया“ श्रृङखला देखियो काठमाडौमा लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ का पुर्व गभर्नर लायन युक्त प्रसाद श्रेष्ठले ८ तला माथि बाट हामफालेर आत्महत्या गरेको कुरा हावासरी गरेर फरुैलियो । बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा मालपोत कार्यालयको खरिदार भएको बेला सरकारी कागजात मिलाएको भन्ने आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानको लागि बोलाएपछि यो घटना घटेको हो भन्ने कुरा बाहिर आएको छ ।
एकजना ब्यक्ति जो समाजको लागि केही गर्छु भनेर सामाजिक आन्दोलन गर्दै आएका जुझारु  ब्यक्तिको रूपमा चिनिने युक्तप्रसाद श्रेष्ठले साच्चिकै आत्माहत्या गरे कि षड्यन्त्र पुर्ण तरिकाले हत्या गरियो भन्ने बारे बहस चलिरहेको छ । एकथरी मान्छेले यसलाई स्वभाविक रूपमा भएको आत्माहत्या भनेर प्रचारप्रसार गरिरहेका छन् भने थोरै मान्छेले मात्रै बालुवाटारको प्रकरण का ठूला बडा षड्यन्त्रकारी लाई जोगाउन पनि यो घटना घटाइएको हुनसक्ने अनुमान गरिरहेका छन् ।
समाजमा आत्माहत्या गर्ने प्रवृत्ति ह्वात्तै बढेर गएको देखिन्छ । जब मान्छे मानसिक शारीरिक रूपले कमजोर हुन्छ आफ्नो जीवनमा थोरै पनि उज्यालो पक्ष देख्न सक्दैन तब उसले रोज्ने भनेको बाटो यहीं आत्माहत्या नै हो भन्ने लाग्छ । प्रेममा असफल भए पछि परिक्षामा फेल भएपछि,  ऋणमा चुरलुम्म डुबेपछि, समाजमा नराम्रो काम गरेर बस्ने वातावरण नभए पछि पासो लगाएर मर्ने  ठूलो घर बाट हामफालेर मृत्युको बाटो रोजेको देखिन्छ ।
गणतन्त्र आएपछि देशमा राजनीति सुधार होला  प्रशासनिक सुधार होला हिजोको दिनमा भएको बेथिति कम होला भन्ने जेजस्तो सोचेका थिए आज त्यसको बिपरित काम हुदै जान थाल्यो । पैसाको लागि जेजस्तो पनि काम हुने संस्कृतिको उदय पछि भ्रष्टाचार झन दिन दुई गुना रात चौगुना  मौलाएर गएपछि अहिले अख्तियारको अनुसन्धान अगाडि बढेपछि आत्माहत्या गर्ने क्रम पनि बढेर गएको छ । बहुचर्चित ३३ केजी सुन काण्डमा सुनको कारोवारी सनम शाक्यको हत्या पछि यो घटना संग सम्बन्धित केही ब्यक्तिले आफै  आत्माहत्या गरेको कुरा बाहिर आइरहेको छ । अहिले सबैलाई पैसा चाहिएको छ त्यो चाहे जायज होस चाहे नाजायज बस पैसा भनेपछि सबै यसैको पछाडि डौडीरहेको देखिन्छन् । जब नाजायज तरिकाले सम्पत्ति आर्जन गर्या केही समयलाई त्यो झकिझकाउ देखिएपनि आखिर समाजमा भएको  बेजतीले अहिले कयौं मान्छेले  आत्माहत्या गरिरहेको देखिन्छ । सबै आत्महत्या एकै प्रकृतिको छैन र हुदैन पनि अहिले कतिपय आत्माहत्या कसैलाई जबर्जस्ती रूपमा गर्न बाध्य पार्ने गरेको भनेर मिडियामा प्रचारप्रसार भए पछि यतिबेला सरकारले नयाँ मुलुकी संहितामा कसैलाई मर्न बाध्य बनाएको प्रमाणित भए ५ बर्ष जेल र ५० हजार जरिवाना तोके पछि मुद्दाको चाप पनि अहिले बढेर गएको देखिन्छ ।
जिन्दगी भनेको जिउनको लागि हो अनाहकमा जिन्दगी आत्माहत्या गरेर फाल्नको लागि हैन जिन्दगीमा सबैभन्दा ठूलो काम भनेको संघर्ष गर्ने नै हो जतिसुकै बाधा अर्चन आएपनि धैर्रेता तुताउन भने हुदैन साच्चै भन्दा आत्माहत्या कायरहरूले मात्रै गर्छन् । भ्रष्टाचार गर्ने बेलामा  दाया“बाया“ कहि कतै हेर्न नपर्ने अनि जब सामाजिक रूपमा कुरा उठ्छ अनि आत्माहत्या प्रकरण देखिन्छ । अहिले सामाजिक संजालमा  सकारात्मक भन्दापनि नकारात्मक कुरा नै बढी राखेको लेखेको पाइन्छ यसले गर्दा पनि समाज भ्रस्टिकरण तर्फ गइरहेको देखिन्छ । अहिले यस्तै नकारात्मक काम कुराको कारणले पनि दिनहुँजसो आत्माहत्या गर्ने गरेको खबर सुन्नु पर्ने बाध्यता कायमै छ । अहिले चितवनको एक होटलमा माउन्टेन टेलिभिजनका पत्रकार शालीग्राम पुडासैनीले झुन्डिएर आत्माहत्या गरेपछि यो घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय तरङ ल्याएको छ । यहीं घटनाको सन्दर्भमा पत्रकार रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गरेर बयान लिने काम पनि चलिरहेको छ । एकातिर चितवनको अदालतमा बयान चलिरहेको छ अर्कोतिर बाहिर सडकमा आन्दोलन पनि चलिरहेको छ । जेजस्तो भए पनि  आत्माहत्या गर्नु लाई राम्रो मान्न सकिदैन यसलाई निरूसाहित गर्दै जानुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *