म्याग्दीकी नबिना बन्नुभयो तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाकी नबिना बुढाथोकी गण्डकी प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुनुभएको छ । मार्सल आर्ट विधाको तेक्वान्दो खेलाडी बुढाथोकीले विश्व तेक्वान्दो महासंघले संयुक्त अरब इमरेष्ट (युएइ)को दुवई शहरमा आयोजना गरेको अन्तराष्ट्रिय रेफ्री सेमिनार उत्तिर्ण गरी गण्डकी प्रदेशबाटै पहिलो रेफ्री एवम् नेपालकै तेश्रो महिला रेफ्री बन्नुभको हो ।

म्याग्दीको बरंजामा २०५३ भदौ १७ गते जन्मिएकी बुढाथोकीले २०६५ साल देखि तेक्वान्दो खेल्न थाल्नु भएको थियो । ब्ल्याकबेल्ड चौथो डान बुढाथोकी अहिले काठमाडौं विश्व विद्यालयबाट प्राविधिक र व्यवसायिक शिक्षामा स्नातकोत्तर तह उत्तिर्ण गर्नुभएको छ । अध्ययन र खेलकुद सँगसँगै अगाडी बढाएकी उहाँले प्रतियोगितामा सहभागितालाई बिटमार्दै प्राविधिक क्षेत्रमा अगाडी बढ्दै अन्तर्राष्ट्रिय रेफ्रीको लाइसन्स प्राप्त गर्नुभएको हो ।

धनगढीमा भएको छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्दै ४६ केजी मुनी तौल समुहमा सहभागिता जनाउनु भएको थियो । उहाँले द वल्र्ड तेक्वान्दो हाङमादाङ–२०१६ को एसियन कन्टिनेन्टल च्याम्पीयनसिपमा दोश्रो स्थान हासिल गर्नुभएको थियो । त्यस्तै काठमाडौंमा सन २०१० मा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा ५१ केजी मुनी तौल समूहमा पनि दोश्रो स्थान हासिल गर्नुभएको थियो । २०७५ सालदेखि तेक्वान्दोको रेफ्रीका रुपमा कार्य गर्न थाल्नु भएको थियो ।

बुढाथोकी भन्नुहुन्छ १३औ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता(साग)मा प्राविधिको रुपमा खेल संचालन गरेकी थिए । उहाँ थप्नुहुन्छ हाल नेपालमा हुने तेक्वान्दोका प्राय सबै खेलहरुमा मेरो प्राविधिकको भुमिका निर्वाह हुँदै आएको छु । नेपाल तेक्वान्दो संघमा प्राविधिक शाखाको सह–अधिकृतका रुपमा कार्यरत बुढाथोकीले गत असोजमा पोखरामा भएको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा नवौ राष्ट्रिय खेलकुदमा प्राबिधिक टोलीको नेतृत्व गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले बुढाथोकीको सफलताले समग्र प्रदेशकै नाम उचो गरेको बताउनुभयो । हिमाली जिल्ला म्याग्दीको बरंजामा जन्मिएर तेक्वान्दो मार्फत आफू, आफ्नो जिल्ला र प्रदेश अनि देशकै नाम चिनाउदै अन्तर्राष्ट्रिय रेफ्री हुन सफल बुढाथोकी देशकै गहना भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *