जिल्ला सहकारी संघ बागलुङले सुरु गर्याे सहकारी संस्थाको अनुगमन

मनकुमारी केसी, बागलुङ
जिल्ला सहकारी संघ बागलुङले सहकारी संस्थाहरुको स्थलगत अनुगमन गर्न सुरु गरेको छ ।

पछिल्लो समय सहकारी संस्थामा समस्या बढ्न थालेको सूचना र समाचार प्रकाशन हुन थालेपछि बागलुङ जिल्लाका सहकारीको अवस्था जानकारी लिने उद्देश्यले अनुगमन गर्न सुरु गरेको हो ।

बुधबार जिल्लाका ३ वटा सहकारीको अनुगमन गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले जानकारी दिनुभयो । संघका अध्यक्ष, संचालक खिमबहादुर कार्की, जघन्नाथ सापकोटा र प्रबन्धक सिर्जना शर्मा सहितको टिमले आदर्श सञ्चार सहकारी संस्था, स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था र महिला हित बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विद्यमान अवस्थामा सहकारी संस्थामा तरलताको अवस्था, सञ्चालक समितिको बैठक पुस्तिका, साधारण सभाको उपस्थिती, लेखा समितिको बैठक पुस्तिका,कर्जा लगानी र असुलीको अवस्था बारे जानकारी लिइएको संघका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा सहकारी संस्थाहरुलाई सल्लाह सुझाव समेत प्रदान गरिएको सञ्चालक खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *