नामै भंगेरी र पानपाते ठुली भन्छन् : गायिका केसी

बागलुङ जिल्लाको लेखानीमा जन्मिएकी दोहोरी गायिका रिना केसी पछिल्लो समय चर्चामा हुनुहुन्छ । बिगत लामो समयदेखि दोहोरी गायनमा लागिरहनु भएकी केसीका पछिल्ला दुई गीत कहाँ गयौ भंगेरी चरी र हरितालिका तीज केन्द्रित पानपाते ठुलीले धेरै दर्शक, श्रोताको मन तान्यो । जसले उनलाई अबको उत्सव, महोत्सवमा निकै व्यस्त बनाउने निश्चित छ । तिनै व्यस्त बन्न थालेकी गायिका केसीसँग आदर्श सञ्चारका सहकर्मी साधना पन्तले गरेको कुराकानीः

मोफसलमै बसेर पनि एकाएक चर्चित र व्यस्त हुनुहुन्छ नि । कस्तो लागिरहेको छ ?
एकदमै खुशी छु । राष्ट्रिय स्तरको कलाकार हुन राजधानी काठमाण्डौं जाुनपर्ने परम्परागत सोच थियो । यो भ्रम जस्तो रहेछ भन्ने महुशुस भएको छ ।
सांगितिक रुपमा व्यस्तता बढेको हो ?
हो, भंगेरी र पानपाते ठुलीले स्टेज कार्यक्रम र गित रेर्कडिङमा पनि अनुरोध आइरहेको छ ।
तपाईले गाउनुभएको तिज केन्द्रित ‘पानपाते ठुली’ले त निकै बजार लिएको छ । बालबालिकादेखी युवाहरुले पनि निकै रुचाएको देखिन्छ । कस्तो लागिरहेको छ ?
बागलुङकै चर्चित सर्जक नवराज पन्तको शब्द, गायक खेम पुनको लय र लोकदोहोरीमा प्रखर रविन लामिछाने स“गको सहकार्य उत्कृष्ट बन्यो । त्यसमा संयोगबस जोडिन पाए । कस्तो भयो भने पानपाते ठुली गाउ“घरमा पहिले–पहिले सुन्दै आएका शब्दहरु हुन् । रोदीमा, मेला पातमा एकले अर्कालाई जिस्काएर रमाईलोका लागी प्रयोग गरिने ठेट भाषालाई नवराज दाईले निकै राम्रो गरि गीत लेख्नुभयो । नसुन्नेहरुलाई पनि सुनौ सुनौ भन्ने बनाएको छ यो ‘के छ ओई’ भन्ने शब्दले । दाईको त के कुरा भयो र सालको पातको टपरी, डाडै फुर्के सल्लो, मायालुको सहरमा, पीलिपिली जुनकरी दाईले जुन जुन गीतहरु लेख्नुभयो सबै बजारमा चलेका छन् । सबैले दर्शक स्रोताको मन जितेका छन् । खेम पुन दाईले गीतको निकै मिठो आनन्द लाग्ने लय बनाउनु भएको छ । गोरखाका रबिन लामिछाने दाई । जसलाई लाइभ दोहोरीको किङ भन्ने गरिन्छ । उहालाई मैले पनि साथ दिए । एउटा बलियो टिमले यो गीतलाई बजारमा ल्यायो । साच्चै गीत राम्रो बनेको भएर नै सबैले माया गरिदिनुभएको हो । यसरी माया पाउ“दा निकै खुसी लागेको छ ।

लोक दोहोरी गायनमा माहिर मानिएका रविन लामिछाने, शव्द सिर्जनामा करोड क्लबमा प्रवेश गरेका गीतका सर्जक नवराज पन्तसँग जोडिएर काम गर्दाको अनुभव कस्तो रह्यो ?
मलाई त कस्तो लाग्छ भने म त भर्खर पलाएको पालुवा हो । दाईहरुको अगाडी त मेरो के कुरा ? रविन दाई दोहोरीमा धेरै ठाउ“मा बिजेता हासिल गर्ने हुनुहुन्छ । नवराज दाईका हरेक शब्दहरुले अहिले सम्म सबैको मन छोएको छ । खेम दाई पनि त्यस्तै हुनुभयो । बिशेष गरि नवराज दाईले मलाई यो गीतमा जोड्नु भएको हो । बहिनी तिम्ले यो गीत गाउनु पर्छ भन्नुभयो । गीत रेकर्डिङदेखी अन्तिम सम्म दाईले निकै प्रोत्साहन गर्नुभयो मलाई । दाईलाई मैले धेरै सम्झन चाहन्छु । यो मेरो लागि निकै ठुलो अवसर हो । उहा“हरुसंगको सहकार्य निकै राम्रो भयो । दाईहरुले मलाई सिकाउने देखी लिएर सकरात्मक सोचको लागी पनि प्रोत्साहित गर्नुहुन्छ । उहा“हरु मेरो लागी अभिभावक हो ।

‘के छ ओई पानपाते ठुली’ बजारमा आए पछि रिना केसीलाई व्यक्तिगत रुपमा कस्तो प्रतिक्रिया आइरहेका छन् ?
यो गीत रविन लामिछाने दाईको युट्युव च्यानलबाट आयो । फेसबुकमा फोनमा र भेटमा पनि धेरैले मलाई ‘पानपाते ठुली’मा तपाईको आवाज एकदमै सुहाएको छ भनेर भन्नुभएको छ । अझै प्रगति गर्नु, कतिपयले त हामीस“ग पनि सहकार्य गरौं । तपाईको आवाज मन प¥यो भन्नुहुन्छ । यो गित गाईसकेपछि कार्यक्रमहरुमा बोलाउने क्रम पनि बढेको छ । बागलुङ, पर्वत र म्याग्दीमा हुने कार्यक्रमहरुमा त म सधैजसो सहभागी हुन्थे । यो गित पछि बाहिरी जिल्ला र विदेशबाट पनि तपाई तिजको कार्यक्रममा जसरी भएपनि आउ“नुपर्छ भन्न थाल्नुभएको छ ।

पानपाते ठुली’ गित गाउने क्रममा यस्तो माया र प्रतिक्रिया आउला भनेर सोच्नुभएको थियो ?
सबैभन्दा पहिले नवराज दाईले गितका शब्द पठाउनुभएको थियो । मैले त्यो पढि सकेपछि मेरो मनमा छोएको थियो । पानपाते ठुली एउटा गित मात्र होइन, कसैको जिवनमा मेल खान पनि सक्छ । पढ्दा वित्तिकै यो गीत पक्कै राम्रो हुन्छ तर मैले न्याय गरेर गाउनुपर्छ । यो गित राम्रो हुनु भनेको मेरो लागी पनि अवसर हो भन्ने लागेको थियो । यसको भिडियो पनि राम्रो बनाउनु पर्छ भन्ने त्यतिबेलै लागेको थियो । अहिले त्यो सोचाई भन्दा बढी माया पाइरहेका छौ ।

यो गीत भन्दा पहिले तपाईको ‘कहाँ गयौं भँगेरी चरी’ पनि निकै चर्चित भयो । त्यो गीतले ‘भँगेरी गायिका’ भनेर चिनिएकी तपाईलाई अहिले पानपाते ठुली नै भनेर बोलाउन पनि थाल्याछन् होला है ?
पानपाते ठुली भन्दा पहिले मैले तेजेश रेग्मी दाईको लय, शब्दमा मेरो समेत सहकार्यमा ‘कहा“ गयौ भँगेरी चरी’ बजारमा ल्याएका थियौं । त्यो गीत एकदमै चर्चित भयो । धेरैले मन पराउनु भयो । युट्युवमा ३५ लाख भन्दा बढीले हेर्नुभएको छ । छोटो समयमा सबैले मन पराएको गित हो त्यो । त्यो गीत गाए पछि धेरैले मलाई अब यो गीत पछि रिनाले के गर्ने, के गाउ“छे, कि भंगेरी मात्रै हो । अब हराउने त होलानी भन्ने पनि मैले मान्छेहरु भेटे । अझ भ“गेरी भन्दा पहिले मलाई हेर्नेहरु र भ“गेरी पछि मलाई हेर्नेहरुको दृष्टिकोणमा मैले धेरै फरक पाउ“छु । अहिले पानपाते ठुली आएपछि त सबैले राम्रो भन्नुभएको छ । ल है रिना हराएको रहेनछ भन्नेहरु पनि हुनुहुन्छ । अहिले सबैले भेट हु“दा रिना भन्दा पनि पानपाते ठुली भन्नुहुन्छ । मलाई खुशी लागिरहेको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।

यही तिजमा मात्र तपाईले गाउनुभएको ३ वटा गित बजारमा आए । चर्चा पानपाते ठुलीको मात्रै भयो नि ?
हो, मैले यही तिजमा मात्र तीनवटा गित गाए । सबै गीतहरु राम्रो बनेको छन् । ‘ढल्केर नाच्छु बरिलै’, ‘एउटा फोटो खिच्देउ’ पनि पानपाते ठुली जस्तै राम्रो लाग्छ मलाई । कहिले कहिले संयोग यस्तो बन्दो रहेछ । भाग्य जस्तो के राम्रो पनि भइहाल्ने, अलि कम पनि हुने । ओवी दाई, खेम सेञ्चुरी दाई सबै मिलेर राम्रो गरेका थियौं । अघिल्लो दिन एउटा फोटोे खिच्देउ बजारमा आयो । भोलीपल्ट पानपाते ठुली बजारमा आयो । ठ्याक्कै एउटै समयमा बजारमा आउ“दा एउटा फोटो खिच्देउको सोचे जति भ्यूज जान सकेको छैन । पानपाते ठुलीको भन्दा अरु गीतहरुको चर्चा अलि कम भयो । सुरुकै दिनमा दर्शकको नजरमा पर्न नसक्ने हो भने अलि ग्राहो हु“दोरहेछ । पानपाते ठुली जस्तै राम्रो बनेका छन् अरु गीत पनि एकपटक सबैले हेर्दिनुस भन्छु ।

भँगेरी गीतले त अवार्ड पनि जित्यो नि, लोक गीत संगितमा लागेको छोटो समयमै अवार्ड पाउँदा कस्तो लाग्यो ?
एकदमै खुशी लाग्यो । मेरो गित टप फाईबमा प¥यो भनेर सबैले बधाई दिनुभयो । भोटिङ भएर भंगेरी चरीलाई दर्शक स्रोताले अवार्ड दिलाउनु भएको हो । त्यसमा पनि नया“ म मात्रै थिए । त्यो समय त एकदमै खुशी लाग्यो ।

लोक दोहोरी गितले पछिल्लो समय नयाँ नयाँ रेकर्ड बनाउँन थालेका छन्, आधुनिक र पप गीत सुन्नेहरुले पनि पछिल्लो समय लोक गितहरु सुनेको पाईन्छ, यस्तो हुनुको पछाडी के–के कारण हुन सक्छन् ?
कस्तो लाग्छ भने अहिलेको जमना आधुनिक भएको छ । सामाजिक सञ्जालको प्रयोग कर्ताहरु बढिरहनुभएको छ । फेसबुक, टिकटक, इन्सट्रा अहिले सबैभन्दा सजिलो माध्यम भएको छ दर्शक स्रोतहरु सम्म पुग्नको लागी । आधुनिक गीत सुन्नेहरुले पनि फेसबुक टिकटकमा गित शेयर भएको देखेपछि कस्तो रहेछ भन्ने जिज्ञासा राखेर सुन्ने र सुन्दै जँ“दा मौलिकता, कथा व्यथा र समाजको अथार्थ भरिएका गीतहरुले सबैको मन छोएको पाईन्छ । पहिले क्यासेट, चच्का बेच्नुपथ्र्याे गीत संगित चल्नलाई तर अहिले एउटाले शेयर ग¥यो भने अर्काेले देख्ने एउटैको माध्यमबाट सायौ हजारौं सम्म पुग्ने सजिलो भएको छ । पछिल्लो समयमा टिकटकले गर्दा पनि गीतहरु निकै भाइरल भएका छन् यस्ता माध्यमहरुले गर्दा गीत संगितले नया“ आयामहरु बनाइरहेका छन् । लोक गीत गाउ“ने मान्छेहरुले मात्र होइन सबैलाई आफु गुमनाम रहु“, भन्ने कहा“ हुन्छ र सबैले आफुलाई सुनुन् हेरुन आफ्ना सिर्जना सुनुन भन्ने हुन्छ । मलाई पनि त्यस्तै हो । पुराना गीतहरु पनि पछिल्लो समय रिमेक भएर आएक छन् । आमा बाबाका पालाका गीतहरु पनि अहिले निकै राम्रो गरि बजारमा आएका छन् । पछिल्लो समयमा लोक गीत संगित प्रति बढिरहेका दर्शक र स्रोताहरु हेर्दा अब लोकगित संगित कहिल्यै मर्दैन जस्तो लाग्छ ।

पछिल्लो समय लाइभ दोहोरीको ट्रेन निकै चलेको छ, दर्शक स्रोताको नजरमा पर्न नसकेका अधिकाशं कलाकारलाई सबैको नजरमा आउँन लाइभ दोहोरी सजिलो र छोटो माध्यम बनिरहेको समयमा रिना केसीलाई त लाइभ दोहोरीमा देखिदैन नी ?
कस्तो छ भने, मेरो बसाई बागलुङ छ । बागलुङमा लाइभ दोहोरी गाउ“न पाउ“ने सुविधा छैन । काठमाडौं गएको बेला गरिरा हुन्छु । साराङगि संसारबाट पछिलो समय ३ वटा जति गाएको छु । तेत्तीको लागि काठमाडौं जानसक्ने तत्काल सम्भव छैन । त्यसैले गुम्नाम छु भन्नु पर्छ ।

स्टेज कार्यक्रम, स्टुडियो र लाइभ दोहोरीमा तपाईलाई सबैभन्दा सजिलो र राम्रो लाग्ने कुन ?
राम्रो सबै लाग्छ । तर स्टिुडियोमा सजिलो लाग्छ । किनभने त्यहा“ पहिले नै लेखिएका गीतहरु अभ्यास गरि गरि गाउ“न पाईयो । मैले अहिलेसम्म प्रतिश प्रधामा गाएको छैन । स्टुडियोमा एक छिन अकमक भएपनि रोकिएर काटेर गाउ“न पाईन्छ । स्टेज र लाइभ दोहोरीमा त्यो सम्भव छैन । सजिलो त स्टुडियो नै हुन्छ । तर दर्शक, स्रोताहरु संग नजिक हुन । उहा“हरुको माया पाउनको लागि त लाइभ दोहोरी या स्टेज कार्यक्रमनै राम्रो हो । प्रतक्ष सबैसंग देखादेख हुन्छ । सुन्न मिल्छ उहा“हरुको प्रतिक्रिया हेर्न मिल्छ । सजिलो स्टुडियो राम्रो स्टेज लाग्छ मलाई ।

अहिलेसम्म कतिवटा गीत गर्नुभयो, आफ्नो सिर्जनामा काम गर्दा र अरुको सिर्जनामा काम गर्दा कति सजिलो कति अफ्ट्यारो के हुन्छ ?
म सांगितीक क्षेत्रमा लागेको एक वर्ष भयो । अहिले सम्म १३ वटा गति गाएको छु । त्यसमध्ये पनि कति गितको भिडियो बनेको छैन । रेकर्डिङमै छन् । कहा“ गयौ भंगेरी चरिमा मेरो पनि सहकार्य हो । प्राय अरुकै गीत हुन् । अरुको र आफ्नो मा सजिलो अफ्ट्यारो भन्ने आफु अनुसारनै हो । गीत अरुकै भएपनि आफुले गाएपछि मलाई मेरै हो भन्ने लाग्छ । सबैले माया गरिदिए हुन्थयो, सुने हुन्थ्यो भन्ने लाग्छ । काम गर्दा अरुकोमा गाउ“ने काम गाए मात्रै भयो आफ्नोमा आर्थिक देखि व्यवस्थापन सबै काम हुन्छ ग्रहो त हुन्छ नि ।

बागलुङ बस्नुहुन्छ, गीत संगितका कामहरु काठमाडौंमा हुन्छन्, कसरी व्यवस्थापन गर्नुभएको छ ?
एकदमै धेरै ग्रहो हुन्छ । बसाई बागलुङ एउटा गित रेकर्ड गर्न पनि काठमाडौं जानु पर्छ । विहान गाडी चढ्यो भने सा“झ सम्म पुग्न पनि कहिले कहिले मुस्किल हुन्छ । कति धेरै गीतहरु यहि कारणले गर्दा महिले गुमाएको पनि छु । मेरो बाध्यताको कारणले गर्दा । एकदिन सोचेर काठमाडौं गयो तीन दिन लाग्छ । स्टुडियोमा टाइम लिनु प¥यो निकै ग्रहो हुन्छ । मलाई वास्तममा भन्ने हो संगितको ‘स’ पनि थाहा छैन भन्दा हुन्छ । संगित सिक्नुपर्ने छ यो क्षेत्रमा लाग्नको लागि सुरुवाती सिकाई र अभ्यासहरु नै गर्न पाएको छैन । धेरै सोचिरहेको छु । तर व्यक्तिगत समस्याले गर्दा ग्राहो भएको छ । जसोतसो गरिरहेकी छु । अब वैशाख महिनाबाट काठमाडौं गएर बस्ने, संगित सिक्ने तयारी गरिरहेकी छु ।

वैदेशिक रोजगारीमा पनि जानुभयो, फेरि नेपाल फर्किएर सांगितिक क्षेत्रलाई रोज्नुभयो कतिको सजिलो भएको छ । चुनौती र अवसर कस्ता छन् यस क्षेत्रमा ?
विदेश पनि बसे । मान्छेको रुचिका विषय हु“दो रहेछ । मलाई सानै देखि गीत गाउ“न मन लाग्ने । त्यती बेलै मलाई धेरैले यो त गायिका हुन्छे क्यो भन्नुहुन्थ्यो । विदेश हु“दा पनि म फेसबुक लाईभ आउँथे गीत गाउ“थे । विदेशिका पीर व्यथा सुनाउँथे । सबैले मन पराउ“नु हुन्थ्यो । ५०, ६० हजारको भ्यूज जान्थ्यो । तपाईको आवाज राम्रो छ भन्नुहुन्थ्यो । मलाई धेरै कमाउ“नु यस्तो उस्तो केहि थिएन । नेपाल आए एक छाक खाने हो, एक सरो लगाउ“ने हो त्यती पुगे भइहाल्छ नि जस्तो लागेर आफ्नो रुचिको क्षेत्र रोजे । नपाल आएपछि सुर्य खड्का दाईको ‘रित्तो काख’ एल्बममा मेरो एउटा टुक्का गीत छ मैले त्यही बाट सुरु गरेको हो । रेकर्डिङमा त्यो मेरो लागि सबैभन्दा पहिलो अनुभव हो । मैले सुर्य दाईलाई गुरु मान्छु सम्झन पनि चाहान्छु । पैसा नभए पनि नाम कमाउ“छु भनेर हो । ग्राहो अफ्ट्यारो त छ नि , कतिवेला कहा“ जाने भन्ने ठेगान हु“दैन । त्यसमाथी पनि केटिमान्छे । कति नराम्रो सोच्नुहुन्छ । आफु आफ्नो ठाउ“मा ठिक भएर हिंड्ने हो । अवसर त क्षमता हुने हो भने दुख संघर्ष नगरि त हु“दैन विस्तारै राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *