तनावपूर्ण मनस्थितिः अवस्था र समाधान

जीवन शाक्य
नकारात्मक शोचाई वा विचार चल्दा मान्छे छिटै थाक्छ, तनावको गति यति धेरै हुन्छ कि ‘पागल पो हुुन्छु कि वा आत्म हत्या गरौं’ सम्म हुन्छ, जीवन एकदम वेकार, निरस लाग्छ । नेपालको एक विशिष्ट महास्थविर भन्ते भन्नुहुन्थ्यो ‘मान्छेको सबभन्दा ठूलो दुख विचारै विचारको आ“धिमा अल्झिनु हो ।’ प्रत्यक मान्छेलाई जीवनमा धेरै पटक यस्तो स्थिति आइपरेको हुन्छ वा हुन सक्छ, तर सचेत मान्छे सम्हालिन्छ, र कारण, निवारण तर्फ लाग्छ तर नसम्हालिने मानसिक विक्षिप्त अवस्थामा पुग्छ । यो अवस्था भनेको मान्छेलाई आफैले ठूलो गल्ति गर्दा वा अकस्मात ठूलो आपत आईपर्दा हुन्छ, तर कहिलेकाहि सबै अवस्था करिव सामान्य हु“दा पनि काम नभएको एक्लो, मौसम अनुकूल नभएको समयमा काम केहि नगरि वसिरहेको वेला पनि हुन सक्छ । जीवन जगत, मान्छे, वस्तु, परिस्थिति वातावरण, घट्ना प्रति सकारात्मक दृष्टिकोण अपनाउन नसक्दा तनावपूर्ण विचार उठ्न्े हुन्छ, गल्ति समाधान गर्ने वाटो नभएको जस्तो सोचाई उठ्यो भने मान्छे तनावमा पागल हुने, आत्महत्या गर्ने या मान्छे मर्ने, मार्ने सम्म पुग्न सक्छ । अमेरिका लगायत जापान चीन सबै देशमा सामान्य मान्छेले एकाएक अन्धाधुन्ध गोली चलाउने, पिटने, मार्ने गरेको घटना हामीले सुनेका छौ । तनावले धेरै मान्छे रातमा निद नपाउने पनि भएका छन । धेरै देशको स्थिति, अवस्था, यस्तै नकारात्मक विचार सिर्जना गराउने खालको छ, यसको समाधान खोज्नै पर्ने हो, प्रज्ञावान सन्तहरु वाहेक हामी धेरै कुनै न कूनै तृष्णा वा धारणामा रुमल्लिरहेका छौ ।
स्थिति कारण अवस्था ?
प्रत्यक वर्ष जापानमा ३६ हजार मान्छेले आत्महत्या गर्छन, त्यसपछि अमेरिकामा पनि कम्तिमा ३० हजार जनाले । नेपालमा पनि वर्षेणी ४, ५ हजारले गर्छन कि । कहिले मान्छे मार्न अन्धाधुन्ध गोली चलिरहेको छ, कतै बम पड्किरहेको छ, बाबु, आमा छोरा नानी नातिना अनाहकमा मारिने काम भएको छ । वलात्कारका घटना शोषण भ्रष्टाचारका घट्ना नकारात्मक धारणा वा तिव्र विचारको गतिको परिणाम हुन । तनावमा पागल हुनेहरुको संख्या कति छ अनुसन्धान भएको छैन । नकारात्मक शोच, वा धारणा जीवन जगत, वस्तु परिस्थिति मान्छे घटना प्रति किन उठ्छ हुन्छ ? हामीले खोज्नै पर्ने विषय हो । भगवान गौतम बुद्धले अपार धन सम्पत्ति वैभव र विलासको सागर भएर पनि शान्ति सुख आनन्दको अनुभुति नपाएपछि लामो समयको ध्यान तपस्या, शिल सदाचारमा बस्दा निवार्ण वा परम सत्य प्राप्त गरे पछि तृष्णा इच्छा कामना जुन उठ्ने गर्छ वा हामीले यस्तो होस भन्ने चाहन्छौं नभएपछि यस्ता नकारात्मक तनावपूर्ण विचारहरु उठ्छन, भन्नु भएको २६०० वर्ष भयो । तृष्णा इच्छा कामनामा वेहोस भएर प्राप्तीको लागि अहंकार बोकी लाग्दा ब्यक्तिगत सामाजिक अनेकौ घटनाहरु घटिरहेको छ, मान्छे धनी गरिव भएको छ, जातजाती सम्प्रदाय, विभिन्न संस्कार परम्परा वोकेर हामी विभिन्न परिवेशमा ब“ँचिरहेका छौं । दुखको कारण तृष्णा इच्छा कामना र यस प्रति अहंकारपूर्ण आसत्ति हो, यसको निवारण वा समाधान पनि छ समाधानको लागि पन्चशिल, अस्टशिल, धारण गरि योग ध्यानको बाटोमा लाग्नु पर्छ भनि बाटो देखाउनु भएकै हो तर आसक्तीमा अन्धो र अहंकारग्रस्त भई लाग्दा दुनिया“ संसार विभाजित, अशान्त, हत्या हिंसा व्यभिचार बलात्कार सबै भईरहेको छ । वास्तविक कारण केहो ? कस्ले के गर्दा समस्या समाधान हुन्छ ? कस्को जिम्मेवारी हो ? यो प्रति ध्यान, गहिरो विश्लेषण गरे समाधान निस्कन्छ नै ।
नेपालको राज्य ब्यवस्थापन परिस्थिति वातावरण, मान्छेहरु, संंरचनाहरु, हाम्रो चाहना इच्छा अनुसार छैनन नै भन्दा फरक नपर्ने अवस्था विद्यमान छ । यातायातको राम्रो सुविधा नभएको, नियम कानुन ब्यवस्था हुनेखानेलाई मात्र अनुकूल भएको, गरिवी पछौटेपनमा वाच्ने मान्छेहरु धेरै भएको, रोजगारको अभाव, यसको लागि विदेशिनु पर्ने वाध्यता, वस्तुभाउ, विजुली खानेपानी, स्वास्थ्य शिक्षा सुविधा धेरै महंगो छ । निम्न अवस्थामा बाच्ने मान्छेहरुको शारिरीक मानसिक अवस्था, सोचाई भाव कस्तो होला ? परिवारमा गर्भवती महिला, वालवालिकाहरुले कस्तो वातावरण परिस्थितिमा बा“चिरहेका छन्, कस्तो वातावरणमा हुर्किरहेका छ्न होला । मौसम अनुसार दैवि प्रकोप, वाढी पहिरो, दुवान समस्या र भुकम्प जहिले पनि छ ।
समाधान ?
बहुसंख्यक मान्छेहरु नै गरिव दुखि मजदुर किसान, विभिन्न जातजातीको भएकोले यसतो अवस्थाको सम्बोधन, समाधान भनेको राज्यबाटनै हुनुपर्छ यसमा दुइमत हुनै सक्दैन । तर राज्यको, उत्पादन, वितरण, सम्वोधनको ब्यवस्थापन र कार्य परिचालननै निरासाजनक छ ?, सकारात्मक राम्रो भन्ने अनुभुति जनताले पाएका छैनन । विकास, आर्थिक समृद्धि अवको नारा हुनुपर्छ भनेर फलाक्ने नेता कार्यकर्ताको बहुमतको शासन ब्यवस्था ह“ुदा पनि शुरक्षित पिउने पानीको ब्यवस्थित प्रवन्ध राज्यबाट हुन सकेको छैन । जलस्रोतको अपार भण्डार भएको देशमा विजुली उत्पादनको ठेक्का लिने विदेश स्वदेशको निमार्ण ब्यवशायीहरु संगको आर्थिक लाभ लिने अप्रत्यक्ष चलखेल, समयमा निर्माण नगर्ने र असमान वितरणका घतिविधीले भारतबाट विजुली खरिड गर्नु परेको अवस्था छ । पूल पुलेसा, बाटो घाटोको निमार्ण गर्ने गराउने, ठेक्का दिने सरकारमा वस्नेहरु जो आर्थिक लाभ लिने भ्रष्टाचारी गतिविधी, उद्योगी व्यवसायी व्यापारीहरु संगको मिलोमतो असुरक्षित कमसल सामानहरु उत्पादन गर्ने भाउ दररेट तोक्ने, कर राजस्व बुझ्न बुझाउने खेलमा आर्थिक लाभ लिने, भन्सारमा छुट दिने कार्यमा संलग्न भए र भईरहेका छन् । यस्ले गर्दा देशको ढुकुटि कमजोर र रित्तिने भएर जनताले निशुल्क शिक्षा स्वास्थ्य, वस्तुभाउ सस्तो र सुविधा पाउनुको वदलामा महंगो र तिर्न नसक्ने भएर धेरै शिक्षा स्वास्थ्य सुविधाबाट वन्चित हुुनुपरेको छ । न्यायाधिस हुनेहरुले नै पैसाको लोभमा ठूला उद्योग ब्यवशाय, निर्माण कम्पनी आदिले राजस्व तिर्न नपर्ने भनि फैसला गर्ने, आफूले पद छोडेर रिटायर भएपछि पनि गाडी, चालक र तेल सुविधा लिई राखेका छन् । अनि भन्न मनलाग्छ “शालिन र भद्र पहिरनमा सरकारमा बसेका मन्त्रि, कर्मचारीहरु पार्टिका नेता कार्यकर्ताहरु जो महंगो रक्सी मासु खाने, विलासीतामा रमाउने भ्रष्टाचार गरि अकुत कमाउने कार्यमा संलग्न छन्, राक्षसी, दारा नंग्रा भएका कुरुप मान्छेहरु हुन” अप्रत्यक्ष गुण्डागर्डि गर्ने डकैटी गरि गरिवी अभाव सिर्जना गर्ने भिखारी हुन । सुन काण्ड, जहाज काण्ड, नोट काण्ड, भ्रष्टाचार, ब्यभिचार, काण्डै काण्ड कति भए कति । स्थानिय शासन ब्यवस्था अधिकार सम्पन्न संधिय स्थानिय सरकार ल्याईयो बनाइयो, करले निम्नस्तर र जनताको ढाड सेक्ने काम भएको छ ? के जनताको समस्याको समाधान होला त ? आश गर्ने ठाउ“ छ ?
राज्य, स्थानिय सरकारले अव सिटिमिटी विरामी नपर्ने, औषधि खान नपर्ने स्वास्थ्य प्रवर्धन हुने योग र ध्यानको वाटो सिकाउन सक्नु पर्छ । रोजगार विजुली सुरक्षित पिउने पानी ढल निकास, सरसफाई र स्वास्थ्य, चेतना जगाउने शिक्षा र सामान्य स्वास्थ्य उपचार निशुल्क वनाउनै पर्छ । खाद्यान्न तरकारी, फलफूल खाने तेल,आदि शुरक्षित सस्तो उपलब्ध गराउन सक्नु पर्छ । वाटो घाटो पुल पुलेसा जस्ता यातायातको सुविधा दिने कार्यमा भ्रष्टाचार होइन । छिटो निमार्णमा ध्यान दिनु पर्छ असारे विकास र खर्च, एक महिना विग्रिने भड्किने खालको होइन । शिक्षित बुद्धिजीवी ब्यापारी उद्योगीहरु, पार्टीका राम्रा नेता कार्यकर्ताहरु, कर्मचारीहरु धार्मीक संस्थामा लाग्नेहरुले पनि वुद्ध र रामदेव जस्ता कर्मवादी सेवा सद्भाव सहयोग र विश्वासको सम्बन्ध बनाउने योगः आफनै श्वाश, मुटुको धुकघुकी, कम्पन, विचार भाव जस्तो भएपनि स्वीकार गरि जस्ताको तस्तै शाक्षि भावमा हेर्ने अवलोकन गर्ने साहस बनाएर विहान, बेलुका साध्नु पर्छ, बुद्धको पन्चशिल अस्टशिल पतन्जलिका अष्टयोग साधना आदि धारण गरि विपश्यना साधनालाई गर्ने हो भने माग्ने, चोर्ने, ढाँट्ने भिखारी शोँच र विचारबाट मुक्ति पाईन्छ ब्यक्तित्व विकास, समृद्धि प्राप्त गर्न सकिन्छ । एैलेकोे निकम्मा एकेडेमिक शिक्षाले केहि दिएन । दिन्न ब्यवशायीक प्रेरणादायी चेतना होश जगाउने योग, धारणा र ध्यानको शिक्षा विद्यालय, क्याम्पस, संघ संस्थामा सिकाईनु पर्छ, सिकाउने संयन्त्र को विकास गरिनु पर्छ, पतन्जली, बुद्धका देशना अनुसार ।

तस्विरः गुगल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *