नयाँ शैलीमा आदर्शको साधारण सभा

अहिले सहकारी साधारण सभाको सिजन छ । यो क्रम पुस मसान्त सम्म जारी रहनेछ । एकै दिनमा हुने दर्जन बढी सहकारीको साधारण सभाले शेयर सदस्य, अतिथी, कर्मचारीदेखि पत्रकार सम्मलाई भ्याई नभ्याई छ । कुन साधारण सभामा को प्रमुख अतिथी हुने र बनाउने बिषयको पनि राम्रै चर्चा हुन्छ । अर्को तर्फ संस्थागत तथा वित्तिय प्रगतिका बारेमा बिस्तृत छलफल र समिक्षा गर्ने साधारणसभा औपचारिक कार्यक्रम, भाषण र कर्मकाण्डी भएको व्यापक गुनासो पनि छ । तर, आदर्श सञ्चार सहकारी संस्था बागलुङले चल्दै आएको परम्परागत भन्दा भिन्न शैलीमा शनिवार साधारणसभा ग¥यो ।
‘ठुला’ले होइन, सानाले उद्घाटन
यस्ता कार्यक्रमको उद्घाटन अपवाद बाहेक ठुला, पद, प्रतिष्ठा आर्जन गरेका व्यक्तित्वबाट गराउने गरिएको छ । यसमा आदर्श पनि अछुतो थिएन । तर, यसपाली सहकारीका सञ्चालक र व्यवस्थापनले पुरानो निरन्तरतामा क्रमभंगता गर्न एकमत देखिए । जसको फल स्वरुप कार्यक्रमको उद्घाटन ठुलाबाट होइन, साना सात बालबालिकाले सामुहिक रुपमा उद्घाटन गरे । सात रंगको मैन, फरक–फरक भुगोल, फरक फरक जाति, फरक फरक भेषभुषामा मञ्चमा उत्रिएका गलकोटकी परिधी थापा, काठेखोलाका सफल जिसी, सुविज्ञा कार्की, पर्वत फलेवासका रविन बोहरा, बडिगाडकी सरगम घर्ति, बानपा ३ की एञ्जिला सैजु र बानपा १ का सम्राट ढकालले उद्घाटन गर्दा धेरै अचम्मित भए । संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले कार्यक्रममा उपस्थित भएका ठुला, बिशिष्ट व्यक्तिको उपेक्षा र अपमान नभई भोलीको देश बनाउने कर्णाधारबाट नयाँ अध्याय र अभ्यास शुरु गरेको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
सदस्य मात्रैको सहभागितामा साधारणसभा
आदर्शले अरु १२ वटा साधारण सभा भन्दा यस बर्षको साधारणसभा फरक रुपमा ग¥यो । अरु बेला साधारणसभाको उद्घाटन समारोहमा अतिथिका रुपमा गैर–शेयर सदस्यलाई पनि आमन्त्रण गरिन्थ्यो । यस बर्ष भने शेयर सदस्य बिच प्रयाप्त छलफलका लागि शेयर सदस्य मात्रैको सहभागितामा कार्यक्रम गरियो । संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीको वर्तमान र भावी कार्यक्रमका बारेमा बिस्तृत प्रस्तुति गर्नुभएको थियो । प्रस्तुती पश्चात शेयर सदस्यले आँफ्ना प्रश्न र सुझाव राखेका थिए । ‘बिगतका साधारणसभामा मुख्य छलफलका लागि समय प्रयाप्त भएन भन्ने गुनासो ज्यादा सुन्यौ,’ उहाँले भन्नुभयो,‘त्यो सुझाव हामीलाई मननीय पनि लाग्यो र केही नयाँ हिसावले गरौं भन्ने सोँचले अहिले शेयर सदस्यबीच मात्र छलफल केन्द्रित हुने गरी कार्यक्रम गरेका हौ ।’
ज्येष्ठ नागरिकलाई शताब्दी आदर्श सम्मान
आदर्शले यसबर्ष एक सय बर्ष शताव्दी पार गरेका जिल्लाका दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गलकोट नगरपालिका ७ मल्मकी सरस्वती थापा र बागलुङ नगरपालिका ९ तित्याङका जयबहादुर खत्री हुनुहुन्छ । थापालाई काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले दोसल्ला ओढाएर नगद ५ हजार सहित सम्मान गर्नुभयो । असीम ज्ञान, सीप र अनुभव सँगालेका अग्रज ज्येष्ठ नागरिकको कदर र सम्मान गर्न नसक्ने समाज कहिल्यै सभ्य र समृद्ध बन्न नसक्ने भएकाले ज्येष्ठ नागरिकको सम्मान गरिएको संस्थाका उपाध्यक्ष अनन्त खड्काले बताउनुभयो । ‘ज्येष्ठ नागरिकका अनुभव समाज निर्माणका लागि महत्वपूर्ण हुन्छ, त्यसको यथेष्ट प्रयोगमा नयाँ पुस्ताको ध्यान जान जरुर छ ।’ खड्काले भन्नुभयो,‘पछिल्लो समय बदलिदो पारिवारीक संरचना, समाज, सोच, जीवनशैली र रोजगारीका कारण ज्येष्ठ नागरिक एक्लिन थालेका छन् । ज्येष्ठ नागरिक प्रतिको दायित्वलाई समेत बोध गर्ने गराउने सन्देश सहित आदर्श सम्मानबाट सम्मानित गरेका हौ ।’
दुर्ई जना मात्रै वक्ता !
कुनै औपचारिक कार्यक्रम भयो कि आसन ग्रहण र भाषणको लामो क्रम चल्छ । जुन सहभागीलाई ठुलो सजाय र सकस जस्तो हुने गर्छ । यस बारेमा पनि सहभागी हुनेहरुको सधै सबैजसो कार्यक्रममा गुनासो आउँछ । तर यो प्रवृत्ति बदल्ने कसले ? यि र यस्ता प्रश्न र प्रवृत्तिको सुधारका लागि आदर्शले साधारणसभामा जम्मा दुई जनालाई मात्र वक्ताको रुपमा मञ्च दियो । संस्थाका निवर्तमान अध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा र समग्र सहकारीहरुका तर्फबाट जिल्ला सहकारी सघं बागलुङका अध्यक्ष दिपक गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले आदर्शले गरेका नयाँ सोच र शैलीको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो । ‘सबल सञ्चार र सहकारीका लागि आदर्शको प्रयास सह्रानीय छ,’ उहाँले भन्नुभयो, ‘समय र परिवेश सापेक्ष संस्थाको भुमिकालाई अघि बढाउन सके मात्र पृथक पहिचानका साथ सफल र स्थापित हुन सक्छ ।’ उहाँले पछिल्लो समय अनलाइन पत्रकारितामा देखिएको विकृतिले सिंगो पत्रकारिता बदनाम भएको भन्दै आदर्श सञ्चारले निश्पक्ष र विश्वसनिय पत्रकारितालाई जोड दिनुपर्ने सुझाव दिनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले आदर्शको साधारणको नयाँ अभ्यास अरु सहकारीका लागि पनि अनुकरणीय हुने बताउनुभयो । ‘साधारणसभाको मुख्य आवश्यकता र मर्म सदस्य केन्द्रित छलफल हो,’ उहाँले भन्नुभयो, ‘अघि पछि चोक चोकमा कुरा काटेर संस्था बलियो बन्दैन, यसैगरी छलफललाई प्राथमिकता दिएर भोलीको दिशानिर्देश गर्ने बिषयमा सबैको ध्यान जान जरुरी छ ।’
यस्तो छ कारोबार र भावी योजना
आदर्श सञ्चार सहकारी संस्थाको गतवर्ष १४ करोड ९० लाख निक्षेप थियो । १ हजार ३
सय ४१ जना शेयर सदस्यको २ करोड ९७ लाख शेयर रकम रहेकोमा १६ करोड ५३ लाख
कर्जा, २ करोड ४५ लाख आम्दानी र २ करोड १८ लाख खर्च भएको थियो । यसपछिको
साधारणसभासम्मको कारोबारमा १ हजार ४ सय ५० जना शेयर सदस्य रहेकोमा ३ करोड
१० लाख शेयर पुँजी पुगेको छ । निक्षेप १६ करोड ५० लाख, कर्जा लगानी १७ करोड ६५
लाख र संस्थाको वासलात २० करोड थियो । अबको चालु आर्थिक बर्षमा शेयर सदस्य
१ हजार ८ सय जना, शेयर रकम ४ करोड, निक्षेप २० करोड र कर्जा लगानी २२ करोड
पु¥याउने लक्ष्य रहेको छ । साभार : यो दैनिक पत्रिका पनि आदर्श सञ्चारकै प्रकाशन हो ।
जेष्ठ नागरीकलाई पेन्सन
साधारण सभाका अवसरमा १८ जना जेष्ठ नागरीकलाई पेन्सन वितरण गरिएको थियो । ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई गतवर्षदेखि संस्थाले पेन्सन वितरण गर्दै आइरहेको छ । मासिक २ सय रुपैयाका दरले साधारणसभामा पेन्सन दिदै आएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताउनु भयो । साधारणसभामा सर्वोत्कृष्ट, उत्कृष्ट कारोबार गर्ने, उत्कृष्ट कर्जा कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट जोडी सदस्य, उत्कृष्ट परिवारलाई पुरस्कृत गर्नुका साथै आन्तरिक कर्मचारी तथा स्तम्भकारलाई सहकारीले सम्मान गरेको छ । यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सह–सम्पादक द्वय र्सिजना पन्त र सुवास गौतम पुरस्कृत भएका छन् । उनीहरुलाई नगद पाँच हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्तम्भकारको रुपमा पत्रकार राजेशचन्द्र राजभण्डारी, निशा अधिकारी, जिवन कुमार शाक्य र तुलसीराम पाण्डेलाई नगद २ हजार ५ सय रुपैयाँ सहित सम्मानीत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *