सिर्जनशिल पत्रकारिता पुरस्कारबाट ‘अविरल’ पुरस्कृत

बागलुङको पत्रकारितामा क्रियाशिल राम थापा ‘अविरल’ सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
आदर्श सञ्चार सहकारी संस्थाले शनिवार १३ औं साधारण सभाका अवसरमा थापालाई दोसल्ला ओढाएर नगद पाँच हजार रुपैयाँ सहित उक्त पुरस्कार प्रदान गरेको हो । काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
सहकारीले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिकमा कार्यरत सह–सम्पादक सिर्जना पन्त र पूर्व सञ्चालक सन्तोष क्षेत्रीले बिबाह खर्च कटाएर स्थापना गरेको अक्षय कोषबाट हरेक बर्ष साविकको धौलागिरी अञ्चलका एक जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
सिर्जनशिल लेखन मार्फत सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कार प्रदान गरीएको सहकारीका अध्यक्ष हुमकुमारी जिसी अञ्जुले बताउनुभयो ।
यस पुरस्कारबाट यसअघि पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, पर्वतका पत्रकार सन्तोष थापा, म्याग्दीका पत्रकार सन्तोष गौतम र बागलुङकै पत्रकार संगम घर्ति पुरस्कृत भएका थिए । सन्तोष र सिर्जनाले बिबाह खर्च कटाएर ५० हजार राशिको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषको व्याज रकमले सिर्जनशिल पत्रकारिता पुरस्कार बर्षेनी प्रदान गरिने पुरस्कार कोषका संस्थापक सिर्जना पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *