उप-निर्वाचन चर्चा : कस्तो बन्ला समिकरण ?

— राम सुवेदी
अबको करिव ३ महिना पछि, बागलुङको निर्वाचन क्षेत्र नं. २, प्रदेश (ख) मा उप—निर्वाचन हुनेछ । अघिल्लो निर्वाचनमा बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा भएको यो प्रदेशमा बाम गठबन्धनले जीत हासिल गरेको थियो । बामपन्थी पार्टिहरु झुण्ड झुण्ड अवस्थामा भइरहँदा जनमत उसको बढी देखिएको त्यसबेलाको निर्वाचन परिणामले बताएको थियो । तर यस पटक बाम गठबन्धन हुन्छ या हुँदैन त्यसको निधो नभइसकेको अवस्थामा सम्भवतः यस पटकको निर्वाचन अलि पेचिलो हुने संकेत छ । चुनावको मिति नजिक÷नजिक सर्दै जाँदा तीज पर्वदेखि नै मञ्चहरुमा चुनावी भाषणहरु फट्ट फुट्ट सुरु भएको देखिन्छ । कतिपयले फेरिपनि हुन्छ भनेका छन त कतिपयले अव सम्भव नभएकाले नेकपा र काँग्रेसको चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने तर्क अघि सारेका छन् ।

के थियो विगत :
२०७४, मंसिर १० मा सम्पन्न निर्वाचन हेर्ने हो भने, पश्चिम बागलुङको प्रदेश (ख) मा कुल मतदाता सँख्या ३३ हजार २ सय ४० रहेकोमा २२ हजार ६९ मत खसेको थियो । यस प्रदेशमा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उमेद्वार टेकबहादुर घर्ति मगरले आफ्ना निकटतम प्रतिस्पर्धिलाई ३ हजार २ सय ६० मतले पराजित बनाएका थिए । विजयी भएका उमेदवार घर्तिले ११ हजार ८ सय ८४ मत पाएका थिए भने, प्रतिस्प्रधि नेपाली काँग्रेसका जीत बहादुर शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।

यतिवेला यस प्रदेशमा ३५ हजार ६ सय ३४ मतदाता मतदान गर्ने प्रक्रियामा छन् । निर्वाचन कार्यालय बागलुङका अनुसार, गत श्रावण १६ गते, निर्वाचन आयोगले उप—निर्वाचनको मिति घोषणा गरेपछि श्रावण १६ पछि थपिएका नयाँ मतदाताले उप—निर्वाचनमा मतदान गर्न पाउने छैनन् । अघिल्लो निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा, २ हजार ३ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । उनीहरु यसपटकको निर्वाचनमा मतदान गर्न पाउने छन् । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका मतदाताले प्रदेश (ख) को उपनिर्वाचनमा मतदान गर्नेछन् ।

प्रदेश (ख)मा दलीय मत
२०७४, मा भएको प्रदेश निर्वाचनमा, दलले पाएको समानुपातिक मतपरिणाम हेर्नेहो भने सबैभन्दा बढी मत नेपाली काँग्रेसको देखिन्छ । काँग्रेसले त्यसवेलाको निर्वाचनमा कुल ७ हजार ४ सय १८ मत लिएको छ । काँग्रेस पार्टिले पाएको समानुपातिक मत भन्दा बढी १ हजार २ सय ६ मत काँग्रेसका प्रत्यक्ष उमेदवार जीत शेरचनले ल्याएको देखिन्छ । शेरचनको प्रत्यक्ष मत ८ हजार ६ सय २४ थियो ।
यता तत्कालिन नेकपा एमालेल,े यो प्रदेशमा ४ हजार ५६ मत प्राप्त गरेको देखिन्छ । भने तत्कालिन माओवादी केन्द्रले ३ हजार ३ सय ६५ मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्याँकले देखाउँछ । यि दुबै पार्टि एकीकरण पछि अहिले नेकपा भएको छ । दुवैको मत जोडदा ७ हजार ४ सय २१ मत हुन्छ । नेकपाको मत त्यसबेला काँगे्रसले लिएको समानुपातिक मत भन्दा ३ मत बढी छ । यस्तै बाम गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले ४ हजार १ सय ४५ मत प्राप्त गरेको छ । बाम गठबन्धनको यि सबै मत जोडदा ११ हजार ५ सय ७५ मत हुन्छ । तर विजयी उमेदवार घर्तिले प्रत्यक्ष तर्फ ११ हजार ८ सय ८४ मत प्राप्त गर्दे गर्दा उनले प्रत्यक्ष तर्फ ३ सय ९ मत बढी प्राप्त गरेको देखिन्छ ।

कुन पालिकामा कुन दलको कति मत
२०७४ सालमा भएको निर्वाचनपछि प्रदेश (ख) अन्तरगत ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विभिन्न दलले प्राप्त गरेको समानुपातिक मत परिणम यसप्रकार थियो ।
राजनैतिक पार्टि ढोरपाटन नपा निसीखोला गापा तमानखोला गापा जम्मा मत कैफियत
नेपाली काँग्रेस २३४२ २९०८ २१६८ ७४१८ समानुपातिक
एमाले २२२४ १०९८ ७३४ ४०५६ समानुपातिक
राष्ट्रिय जनमोर्चा २५५३ १४१९ १८२ ४१५४ समानुपातिक
माओवादी केन्द्र ८५९ १६९८ ८०८ ३३६५ समानुपातिक
राप्रपा १ २७९ १३ २९३ समानुपातिक
देजमो १५६ २ २१ १७९ समानुपातिक
मसिहा पार्टि १५२ २ २ १५६ प्रत्यक्ष मत
समाजवादी फोरम १४१ ११ ४ १५६ प्रत्यक्ष मत
माले २७ ४४ १७ ८८ समानुपातिक
नयाँ शक्ति पार्टि ६४ ११ २ ७७ समानुपातिक
विवेकशील ४६ १३ १ ६० समानुपातिक
स्रोत : निर्वाचन कार्यालय । समानुपातिक मत प्रदेश र संघको फरक फरक भएपनि पार्टिले पाएको बढीमतको आधारमा तथ्याँक राखिएको छ ।

प्रत्यक्ष निर्वाचनमा आएको मत परिणाम
राजनैतिक पार्टि उमेदवार प्रत्यक्ष मत समानुपातिक प्रत्यक्ष उमेदवारले लिएको बढी मत
बाम उमेदवार टेक ब. घर्ति मगर ११,८,८४ ११,५,७५ (तीन पार्टिको संयुक्त मत) ३०९ मत
नेपाली काँग्रेस जीतबहादुर शेरचन ८,६२४ ७,४१८ नेकाको आफ्नो मत १२०६ मत
संघीय समाजवादी यमबहादुर पुन १५६ — छैन
आमुल परिवर्तन मसिहा दीलबहादुर विक १५६ — छैन
नयाँ शक्ति पार्टि टेकबहादुर कुँवर ७७ ७७ समान मत
स्रोत ः निर्वाचन कार्यालय । समानुपातिक मत प्रदेश र संघको फरक फरक भएपनि पार्टिले पाएको बढीमतको आधारमा तथ्याँक राखिएको छ ।

नेकपा र काँग्रेसको समानुपातिक मत अवस्था :
राजनैतिक पार्टि ढोरपाटन नपा निसीखोला गापा तमानखोला गापा जम्मा मत कैफियत
नेपाली काँग्रेस २३४२ २९०८ २१६८ ७४१८ काँग्रेस
एमाले २२२४ १०९८ ७३४ ४०५६ नेकपा
माओवादी केन्द्र ८५९ १६९८ ८०८ ३३६५ नेकपा
नेकपाको मत ३०८३ २७९६ १५४२ ७४२१ जम्मा
राष्ट्रिय जनमोर्चा २५५३ १४१९ १८२ ४१५४ समानुपातिक
स्रोत : निर्वाचन कार्यालय । समानुपातिक मत प्रदेश र संघको फरक फरक भएपनि पार्टिले पाएको बढीमतको आधारमा तथ्याँक राखिएको छ ।
तस्विरमा यस्तो छ पुरानो आँकडा

तस्विरमा यस्तो छ पुरानो आँकडा
तस्विरमा यस्तो छ पुरानो आँकडा
तस्विरमा यस्तो छ पुरानो आँकडा

रोचक चर्चा :
अघिल्लो निर्वाचनमा देशभर नेकपा एमाले र एमाओवादीको गठबन्धनसँगै बागलुङ, प्यूठान लगायतका स्थानमा राष्ट्रिय जनमोर्चा समेत संयुक्त बाम गठबन्धनमा सामेल भएको थियो । धेरै ठाउँको मत परिणामको आँकलन, एकले अर्काको सहयोग आदान प्रदान तथा बामपार्टिको हैसियतका कारण उनीहरुबीच मतको लेनदेन भएको हो । त्यसकारण पनि बाम गठबन्धनको परिवेश तयार भएको देखिन्थ्यो । विगतको निर्वाचनमा गठबन्धन गर्दा यो प्रदेश राष्ट्रिय जनमोर्चाले हिस्सामा थियो । चुनावी प्रक्रियामा गरिएको गठबन्धनमा के कस्तो समझदारी र संझौता गरियो भन्ने दुवै पार्टिका नेताहरुले केही बोलेको पाईदैन । आफ्नो हिस्सामा परेको प्रदेशका उमेदवारको मृत्यु पश्चात हुन लागेको उपनिर्वाचनका विषयमा राष्ट्रिय जनमोर्चाले समेत आजसम्म औपचाररिक धारणा बनाएको वा त्यसलाई बाहिर ल्याएको देखिन्न । यस अर्थमा त्यो तालमेलको औचित्य नबारिएको होला । यता उपनिर्वाचन हुने भनिएपछि नेकपामा भने उमेदवारहरुका आकाँक्षीहरुले अनौपचारिक छलफल र गफगाप लाएको पाईन्छ । त्यसबै सन्दर्भमा नेकपा समर्थक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले र्आपचारिक कार्यक्रममै बाम गठबन्धन फेरिपनि हुने संकेत सार्वजनिक गरेका छन् । उनको आफ्नो विचार राख्दै गर्दा सामाजिक सञ्जालहरुमा नेकपा समर्थक केही कार्यकर्ताले भने यसपटक राष्ट्रिय जनमोर्चाले नेकपालाई समर्थन दिनुपर्ने विचार राखेको देखिन्छ ।
यता नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरुको मौनताले यस पटकको उपनिर्वाचनसम्मलाई मध्यनजर गरियो भने फेरि हुने अरु निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा राख्नुपर्ने आवश्यकताका विषयमा विचार गर्नुपर्ने जस्तो पनि देखिन्छ । बागलुङमा अहिलेको नेकपाले मात्र काँग्रेसलाई जित्न नसक्ने अनुमान पक्कैपनि सही आँकलन हुनसक्छ । भोलीको लागि समेत बागलुङमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा ल्याउन आवश्यक रहेको एकमात्र कारणले, हिजोको गठबन्धनबाट पाएको क्षेत्रमा सहयोग हुनसक्ने अनुमान पनि कतिले गर्ने गरेकाछन् । यद्यपि दृघकालिन सोंच अहिलेको नेकपाले राख्न चाहेन भने अहिलेकै परिवेशमा नेकपाभित्र पनि आधा दर्जन बढी उमेदवारका आकाँक्षीहरु देखिन्छन् ।
काँग्रेसको आशय भनौं, या भित्री अपेक्षा पनि राष्ट्रिय जनमोर्चा गठबन्धनबाट अलग होस भन्ने नै छ । नेकपा र काँग्रेसको टक्कर हुनेभएपछि पिल्डमा उत्रने उमेदवारका हिसावले चुनावी रणनीतिमा जाने काँग्रेसले सोंचेको छ । यता प्रतिस्प्रर्धामा काँग्रेस नै हुनेभएपनि उमेदवार गतिलो भए जित्न सकिन्छ भन्ने आशय नेकपाको पनि देखिन्छ । बाम गठबन्धन भए गठबन्धन उमेदवारले सजिलै जित हासिल गर्ने काँग्रेसको आँकलन देखिन्छ । आफ्नो जीतलाई सुनिश्चि बनाउन र भोली अरु चुनावमा पनि जिल्लाभरको तालमेल आवश्यक रहने कारणले मात्र नेकपालाई राष्ट्रिय जनमोर्चा आवश्यकता महसुस हुन्छ । राष्ट्रिय जनमोर्चा उक्लैले यो प्रदेशमा जित्ने जनमत छैन । आफ्नो मत सुरक्षाका लागि उमेदवार ल्याउने वा भोली तालमेलबाट जित्नका लागि पनि यसपटकको तालमेल आवश्यक ठान्ने उसको रणनीति हुनसक्छ । अन्यथा राष्ट्रिय जनमोर्चालाई यसपटकको निर्वाचनले खास हिसाव नराख्ने स्थानीय समर्थकहरुको बुझाई देखिन्छ ।

सम्भावित उमेदवार चर्चा
नेपाली काँग्रेस
उपनिर्वाचनमा पार्टिहरुका तर्फबाट आकाँक्षी उमेदवारहरुको चर्चा पनि चल्न थालेको छ । नेपाली काँग्रेसका तर्फबाट गत निर्वाचनमा टिकट नपाएका नेपाली काँग्रेसका क्षेत्रीय सभापति द्रोर्ण कुमार कुवँर, यस पटकको उमेद्वार हुनसक्ने चर्चा छ । कुवँरले गाउँ गाउँमा पार्टि कार्यकर्ता भेटघाटदेखि अनौपचारिक छलफलमा चलाइरहेको देखिन्छ । उता अघिल्लो निर्वाचनमा उमेदवार बनेका जीत बहादुर शेरचन पनि उमेदवार हुनसक्ने पार्टि कार्यकर्ता तहमा चर्चा छ । काँग्रेसको एक तप्काले भने, द्रोण कँुवर वा जीत शेरचन भन्दा अलग उमेदवारको आवश्यकता रहेको बताउँछन् । जनजातिबाट शिंहबहादुर राना वा तुलाशिंह घर्ति मगरलाई ल्याउनुपर्ने सतहमा चर्चा छ ।

नेकपा
नेकपामा उमेदवार भन्नेको आकाँक्षा अली बढी देखिन्छ । यहाँ पुर्व एमाले र पूर्व माओवादी केन्द्रबाट अलग अलग लविङ भएको देखिन्छ । पुर्व एमालेबाट पूर्व जिविस उपसभापति समेत रहेका मोहनलाल शर्माको चर्चा छ । यदी शर्मा नभए जनजातिबाट बेगबहादुर पुनको हुनुपर्ने कार्यकर्ताको भनाई छ । यता पूर्व माओवादी केन्द्रबाट तुल्सीराम अर्याललाई अघि सार्नुपर्ने कार्यकर्ताको तर्क छ । यस्तै युवातहबाट अलि धेरैको आकाँक्षा भएको पाईन्छ । निसीखोलाबाट प्रेम बहादुर घर्ति मगर, ढोरपाटनबाट चन्द्रलाल अर्याल, चिन्तामणी शर्मा, केशर छन्त्याल, शेरमान घर्ति र दलित समुदायबाट बीरबहादुर विक लगायतले आकाँक्षा व्यक्त गरेको कुरा चर्चामा सुनिन्छ । उता अघिल्लो निर्वाचनमा पुर्व एमालेबाट उमेदवारी समेत दर्ता गराएका ददीराम शर्मालाई यस पटक उमेदवार बनाउनु पर्ने एकाथरीको तर्क छ । यद्यपि आकाँक्षा र चर्चा जेसुकै भएपनि उप—निर्वाचनमा कसरी जाने भन्ने वियषमा नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ सहितको अगुवा कार्यकर्ता भेला र त्यसले नेकपाको तर्फबाट पार्टिको उमेदवारी वा तालमेलमा बाम गठबन्धन के गर्ने निधो लाग्ने नेकपाका एक सदस्यले बताएका छन् । प्रदेश उप—निर्वाचनमा आउने उमेद्वारको हकमा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीको समेत मुख्य भूमिका र निश्कर्ष हुने कतिपयको आँकलन छ ।

राष्ट्रिय जनमोर्चा
यता राष्ट्रिय जनमोर्चामा कस्लाई उमेदवार बनाउने विषयमा छलफल नभएको पार्टिका नेताले बताएपनि चर्चा भने सुरु भएको छ । पार्टिका उपाध्यक्ष समेत रहेका धर्म बहादुर कुँवर हुनसक्ने कतिपयको अड्कल छ । यता उत्तरगंगा माध्यमिक विद्यालयमा लामो समय प्रअ भई, सेवा निवृत्त भएका धनबहादुर कुवँर राष्ट्रिय जनमोर्चाबाट आवको उचित उमेद्वार बन्न सक्ने चर्चापनि उत्ति छ । अर्कोतिर राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य समेत रहेका खीम विक्रम शाही अवको उमेद्वार बन्न सक्ने देखिन्छ ।
अन्य दलहरुबाट यहाँ चुनावी मैदानमा आउन सक्ने सम्भावना कम छ । तर हाल चर्चामा रहेको बाबुराम भट्टराई र उपेन्द्र यादवले निर्माण गरेको समावजादी पार्टि नेपालबाट उमेदवार आउने चर्चा चलेको छ । पार्टिका गण्डकी प्रदेश सदस्य समेत रहेका, बागलुङ पश्चिममा दलित समुदायको विषयमा खरो आवाज उठाउने दलित अधिकारकर्मी अशोक कुमार विश्वकर्मा, समाजवादी पार्टिको तर्फबाट उप—निर्वाचनमा उमेदवार बन्न सक्ने सम्भावनाको चर्चा चलेको छ ।
बागलुङको बुर्तिबाङमा क्रियाशिल पत्रकार सुवेदी अबदेखि धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार अनलाइनको आइतवारको अकंका नियमित स्तम्भकारको रुपमा रहनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *