एमाले बागलुङको नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले जिल्ला कमिटी बागलुङको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी र सदस्यहरुलाई जिल्ला अध्यक्ष हिरा बहादुर केसीले सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहण तथा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिव गोकर्ण विष्टले इलाम र बझाङको उपनिर्वाचनले एमाले एक मात्र सही पार्टी रहेको सन्देश दिएको बताउनुभयो । उहाँले इलाम र बझाङमा भएको उपनिर्वाचनले भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश दिएको समेत बताउनुभयो । ‘इलाम र बझाङको उपनिर्वाचनले एमालेको मिसन ८४ लाई सफल बनाउने पुष्टि गरेको छ,’ सचिव विष्टले भन्नुभयो,‘भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश पनि दिएको छ ।’

सचिव विष्टले उपनिर्वाचनको परिणाम इलाम र बझाङ मात्र नभई सवैलाई भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र जातिय पार्टी प्रति लक्षित गर्दै विचारविहिन राजनीतिक दललाई जनताले बहिष्कार गरेको बताउनुभयो । ‘समय समयमा जसरी भुलकाहरु आउँछन् त्यसरी समाप्त हुन्छन्,’ विष्टले भने,‘विचार विनाका पार्टी लामे समय टिक्दैनन् भन्ने उपचुनावले पुष्टि गरेको छ । २०८४ को निर्वाचनले अझै पुष्टि गर्नेछ ।’

जनमत एमालेसँग रहेको र त्यसलार्य जोगाउनुपर्ने सचिव विष्टको भनाई छ । उहाँले पार्टी भित्र आन्तरिक विरोध र समस्या उत्पन्न हुने गरेपनि त्यसलाई विधि र संवाद मार्फत समाधान गर्नुपर्ने बताए । एमालेलाई देशको पहिलो राजनीतिक शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै विष्टले पार्टीलाई थप शक्तिशाली बनाउन नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । सचिव विष्टले आउँदो निर्वाचनमा बागलुङका सवै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमालेले जित्ने गरेर नयाँ कमिटीले काम गर्न सुझाव दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *