ट्रयाक खुलेको २० वर्षपछि कालोपत्र हुँदै तित्याङ–भकुण्डे सडक


खेमराज गौतम, बागलुङ
अहिले बागलुङ नगरपालिका भित्रको सबैभन्दा अफ्ठारो सडकको रुपमा तित्याङ र भकुण्डेको सडकलाई लिन सकिन्छ ।

भिरालो भौगिलक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङ र भकुण्डे पुग्न निकै असहज भइरहेको सन्दर्भमा अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुँने भएको छ ।

नगरपालिका भित्रका सडकहरु कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारी देखि गौडाकोट, तित्याङ हुँदै भुकण्डे पुग्ने सडक स्तरोन्नती संगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको छ ।

बिक्रम सम्बत २०६० सालमा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनौट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन् ।

२० वर्ष अघि स्थानीयको सहयोगमा ट्रयाक खोलिएको सडक हाल सम्म स्तरोन्नती समेत हुन नसकेको अवस्थामा एकै पटक बागलुङ बजार देखि तित्याङ–भकुण्डे हुँदै रायडाँडाको सिमाना सम्म १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएर निर्माण व्यवसायी काममा आएको स्थानीय बद्री पौडेलले बताउनुभयो ।

“२० वर्ष अघि खनेको सडकमा अहिले सम्म पक्की नाली समेत बन्न सकेको थिएन, दुर दराजका सडकहरु चिल्ला भइरहेको अवस्थामा बागलुङ बजार अघिकै सडक कालोपत्र नहुँदा विकासमा पछि परेको स्थानीयको गुनासो थियो” पौडेलले भन्नुभयो “तर ढिलै भएपनि ठूलो ठेक्का एकै पटक लागेको छ, तित्याङ हुँदै भकुण्डे बासीलाई सडक स्तरोन्नती संगै कालोपत्र भएपछि सहज हुनेछ ।”
२०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नती सहित कालोपत्र सम्पन्न गर्ने गरी बिडारी निर्माण सेवासंग संझौता भइसकेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१५ किलोमिटर सडक निर्माणका लागि रु.३१ करोड ९६ लाख ३५ हजारमा उक्त सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायी काममा आइसकेको श्रेष्ठको भनाई छ ।

श्रेष्ठले १४ किलोमिटर सडक कालोपत्र भएपछि पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज हुने बताउनुभयो । उहाँले लामो समय देखि तित्याङ र भकुण्डेबासीले माग गर्दै आएको कालोपत्र सडक पुरा गर्न थालिएको जानकारी दिनुभयो ।

भकुण्डे जिल्लाकै पहिलो ग्रामिण पर्यटकीय गाउँको रुपमा परिचित रहेको छ । भकुण्डेमा जिल्लाकै पहिलो घरबास सञ्चालनमा आएको थियो । “अहिले भकुण्डे पुग्ने गरी गलुवाबाटसमेत कालोपत्रको काम शुरु भएको छ भने भकुण्डे काटेर रायडाँडा पुग्नेगरी बागलुङ बजार देखि १४ किमि सडक एकै पटक कालोपत्र हुन थालेको छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “संघीय सरकार र स्थानीय सरकारको समन्वय पछि उक्त सडक अहिले ठेक्का सम्झौता पश्चात काम गर्न थालिएको हो ।”
आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा पुग्ने उक्त सडक सम्झौता अवधी भन्दा अगावै कालोपत्र सक्ने योजनामा रहेको सडक कालोपत्रको गर्ने कामको जिम्मा पाएको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले बताउनुभयो ।

यहाँको सडक निर्माणमा कुनै अबरोध नभएकाले सम्झौता अगावै सडक निर्माण सक्ने योजनामा रहेको उहाँको भनाई रहेको छ । उकालो र घुम्ती सडकमा ढलान र अन्य भागमा चिनियाँ प्रविधि मार्फत कालोपत्र गरिनेछ । कालोपत्र पूर्व सडक चौडा पार्ने, ग्याबिन जाली लगाउने, कल्भट राख्ने र पक्की नाली बनाइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *