कहिले उड्ला बलेवामा जहाज ? अल्टालाइटको समेत संभावना


खेमराज गौतम, बागलुङ

लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । पछिल्लो समय नागरिकको आकर्षण हवाई सेवामा भइरहेको सन्र्दभमा २८ वर्ष देखि नियमित उडान हुँन नसेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे संगै अव बिमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशावादीमा छन् यहाँका स्थानीय ।

२०७७ फागुनमै कालोपत्रे सक्ने गरी नागरिक उडड्यन प्राधिकरणले ठेक्का सम्झौता गरेपनि एक वर्ष पछि मात्रै बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको छ । कच्ची धावनमार्गका कारण वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमित रुपमा सञ्चालनमा आउन सकेको थिएन । धावनमार्ग कालोपत्रे भएसंगै अब बलेवामा कहिले जहाज उड्ला भन्नेमा स्थानीवासीहरु रहेका छन् । हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुँदा साथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ । प्रधिकरणले कालापत्रे सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रकृयामा रहेको जनाएको छ ।

विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रेको काम सम्पन्न भएर हस्तान्तरणको प्रकृयामा पुगेको निर्माणको जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । उहाँले धावनमार्गमा मार्कीङ बाहेकको अन्य काम सम्पन्न भइसकेको र हस्तान्तरणका लागि प्रकृया अगाडी बढाएको बताउनुभयो ।

कहिले उड्ला जहाज
बलेवा विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो । स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने छ । विमानस्थलमा जहाज सञ्चालनका लागि नागरिक उडड्यन प्राधिकर संग नभएर एरलाईन्स संग आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक देखिन्छ ।

नागरिक उडड्यन प्राधिकरणले निर्माण, जनशक्ती तथा प्राविधिक व्यसथापना गर्ने काम भएको र स्थानीय पालिका र प्रदेशसले सहजीकरण गरे जहाज सञ्चालनका लागि कुनै समस्या नदेखिने नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर मिनराज ओझाले जानकारी दिनुभयो । “विमानस्थल कालोपत्रे गर्ने, प्राविधिकको व्यवस्था गर्ने हो, विमानस्थल सञ्चालन हुँने भएपछि प्राधिकरणले तत्कालै जनशक्तिको समेत व्यवस्था गर्न सकिन्छ” ओझाले भन्नुभयो “लामो समय बलेवा विमानस्थल निर्माणमा खटिदा जहाज चल्नेमा विस्वस्त छु, खास गरी स्थानीय तह र प्रदेशले एरलाईन्स संग समन्वय र सम्झौता गर्न सके प्राधिकरणले आफ्नो तर्फबाट सबै काम गर्ने छ, बलेवा विमानस्थलको सञ्चालनको धेरै संभावना रहेको छ ।” ओझाले सडकको सहजता, बागलुङ र पर्वतका जनताको बीचमा रहेकाले विमानस्थल सञ्चालनमा आउने निकै संभावना रहेको छ ।

अल्टालाईटको संभावना

बलेवा विमानस्थललाई अल्टालाईटको सञ्चालनका रुपमा समेत विमानस्थलका प्राविधिकहरुले हेदै आएका छन् । विमानस्थल हुँदै अल्टालाईटको माध्यमबाट बागलुङको ढोरपाटन, मुस्ताङको मुक्तिनाथ, पर्वतको बन्जी तथा अग्ला पुलहरु र म्याग्दीको विभिन्न पर्यटकीय स्थल घुम्नको लागि निकै संभावना रहेको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर मिनराज ओझाले बताउनुभयो ।

लामो समय बलेवामा बसेर विमानस्थ निर्माणमा खटिनुभएको ओझाले बिमानस्थलबाट नजिकै रहेका पर्यटकीय गन्तव्यको अल्टालाईटको माध्यमबाट अवलोकन समेत गराउन सकिने उहाँको भनाई छ ।

विमानस्थल कालोपत्रे संगै नियमित हवाई उडानको अलवा अल्टालाईटको उडान गर्न सकिने उहाँले संभावना देख्नुभएको हो । ओझाका अनुसार यस अघि बिमानस्थलबाट काठमाण्डौ मात्रै उडान गरिएको देखिएपनि अब भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा समेत जहाज चलाउन सकिने देखिएको छ ।

गौतम बुद्ध विमानस्थलमा विभिन्न देशबाट आएका साविक धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका नागरिकहरु सोझै बलेवा विनमास्थल आउन सक्ने भएकाले विजमानस्थल सञ्चालनमा महत्वपूर्ण आधार तयार भएको छ ।
यस्तो छ सञ्चालनको तयारी
२०७४ लामा केही समय भएपनि यात्रु अभावको सुनिश्चितताका साथ विमानस्थल सञ्चालनमा ल्याएको बागलुङ नगरपालिका विमानस्थल कालोपत्रे भएसंगै सञ्चालनका लागि समन्वयमा लागिरहेको छ । अहिले विभिन्न एरलाईन्स संग विमान उडाउनका लागि अनौपचारिक रुपमा छलफल भइरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले एरलाईन्स सञ्चालकहरु बलेवामा विमान सञ्चालनका लागि इच्छुक देखिएको बताउनुभयो ।

“विमानस्थल सञ्चालनका लागि पहिला एती र नेपाल एरलाईन संग सम्झौता गरेका थियौ केही समय विमानस्थल चल्यो पनि पछि कालोपत्रेको काम शुरु गर्न विमानस्थल रोकिएको हो” नगरप्रमुख पौडेलले भन्नुभयो “अहिले अन्य कम्पनीहरु समेत विमान सञ्चालनका लागि इच्छुक देखिएका छन् भाडा दर समायोजनका आधारमा हामीले कम्पनी संग सम्झौता गर्ने योजनामा छौं ।” २८ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोरको मालढुङ्गा देखि बलेवा सम्मको सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसंगै सडक समेत कालोपत्रे हुँने भएपनि विमास्थल सञ्चालनका लागि सहज हुाने बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *