पेटको समस्या, नसर्ने रोग र समाधान

जीवन शाक्य

एकजना भारतिय विशिष्ट चिकित्सकले एउटा बाँदरलाई १५ वर्ष देखि, कोलेष्टोरोल बढाएर विरामी बनाउँछु भनेर लाग्नुभएछ । तर १५ वर्ष लगातार लागेर पनि सक्नु भएनछ, उहाँको तपस्या फेल खाएपछि सो कुरा आफ्नो एकजना साथी आर्युवेद चिकित्सक डा. राजिव दिक्षितलाई लाई बताउनु भएको रहेछ । यो ज्यादै कौतुहलको विषय हो । तर आर्युवेदाचार्य डा. राजिव दिक्षीत अनुसार पोषण सम्बन्धी वागपत ऋषिले हजारौ वर्ष पहिले लेख्नु भएको किताबमा विहानै सुर्य उदाएको अढाई घण्टा अर्थात विहान ९ वजे सम्म जथारअग्नी वा पेटको अग्नी बलियो हुने अवस्था हुन्छ । यो अवस्थामा खानेकुराहरु खादा पच्ने हुन्छ । मान्छे बाहेक पशु पन्छिहरुले विहानै खानेकुरा पेटभरी खाईसक्छन र खाना खाएपछि उनीहरुले पानी खादैनन, उनीहरुलाई अम्लियपन ग्यास बढने, नसर्ने रोगको समस्या हुँदैन ।

भारतमा नाम कहलिएका प्रख्यात ऋषि स्वामी रामदेव बाबाकोमा एकजना ७० किलो तौलबाट १७० किलो सम्म पुगेर, थिलथिलो अतिनै मोटाएर नोकरी गुमाएका ब्यक्ति उपचारको लागि आएछन् । बाबा रामदेवले योगका सबै बिधा सहित धेरै कुरो खानेकुराको बारेमा पनि सिकाउनु भयो होलानै, सोहि कुरा आर्युवेदाचार्य चिकित्सक डा.राजिव दिक्षितलाई बताउनु भएछ । डा दिक्षितले पानी खाने तरिकाहरुः बिहानै पानी खाने, खाना खानु अघि पछि र संगै पानी नखाने साथै एक डेढ घण्टा पछि मात्रै खाने र खादा मनतातो खाने र बिस्तारै चुस्की लिदै खाने तरिका बारे पनि सिकाउन भन्नु भएको रहेछ ।

मान्छेको पेटको स्वास्थ्य समस्या विभिन्न कारणले हुन्छ । ती मध्ये एउटा कुरो मान्छेले पेटको अग्नी बलियो हुने समयमा खाना भरपेट नखाएर वा खान नजानेर, खाना संगै, खाए लगत्तै, वा खानु अघिपछि पानी खाने गरेर र विहानै उठेपछि पेट सफा गर्न उमालेर सेलाएको मन तातोपानी नखाने गरेर रहेछ । एकाध ब्यक्तिको बलियो पाचन शक्ति होलान, तर खाना खाए लगत्तै पानी खाएर पनि धेरै वर्ष सम्म पेटको पाचन शक्ति नबिग्रने, ग्यास, एसिडिटी प्राय बढने धेरैको हुँदैन यो निश्चित रुपमा भन्न सकिन्छ । विहान पेटको अग्नी बलियो भएको समयमा खाना मिलाएर खादा पेटले पूर्ण रुपमा पचाउने शक्ति प्राय धेरैको हुन्छ ।

अर्को पेटको पाचन शक्ति गडबढ गर्ने कारण पानी खाने तरिका नजानेर पनि हो । पानी पहिला विहानै उठ्ने वित्तिकै उमालेर सेलाएको मनतातो पानी खानुपर्छ हामीले प्रायले खादैनौ यसले पेटको आन्द्रा सफा भएर पाचन शक्ति बलियो बनाउन सहयोग गर्छ । त्यसपछि खाना खाएको १ डेढ घण्टा पछि मात्रै पानी खाने, चिसोपानी नखाने, चुस्की लिदै विस्तारै खाने गर्दा पेटको पाचन क्रियामा सहयोग पुग्ने भएर खाना सडने, ग्यास वन्ने, झिल्ली नष्ट भई विषजन्य धेरै पदार्थ आन्द्राबाट शोसिन रोकिने रहेछ ।

खाना खादा उदास, चिन्ता, रिसको अवस्थामा खादा पनि नपच्ने, पेटको इन्सुलिनले काम नगर्ने, सेतो रक्तकणिका नबन्ने लगायत रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुने हुन्छ । त्यसैले खान बस्दा बालबालिकाहरु र कसै सँग नमिठो नकारात्मक भावमा बोल्ने ब्यवहार गर्दा हुने डिप्रेसन, चिन्ता, तनावमा खानपान गर्दा शरिर मनलाई नकारात्मक असर पर्छ त्यसैले शारिरीक मानसिक अवस्था बिलकुलै सकारात्मक शान्त हुनु जरुरी छ । घरको वातावरण शान्त सकारात्मक बनाउने संस्कार पाचन र स्वास्थ्यको लागि पहिलो आवश्यकता हो ।

पेटमा खाना सडेर अम्लिय पन ग्यास उत्पाडन हुन नदिन, अर्थात आन्द्राको शरिर बचाउने झिल्लि नष्ट हुन नदिन खानामा बढी चिल्लो तेल भएको, खराएको तेलमा फ्र्राई गरेका मासु र अन्य खाने कुराहरु सँग गेडागुडी, दही, नखाने, खाना खाइ सकेर चिया कफी, खाना सँग रक्सी जन्य पदार्थ, चिसो पदार्थ, चुरोट खैनी वा गुलियो मिठाई, आइसक्रिम खाने गर्नु हुँदैन । साथै खाना भोक लागेको बेलामा मात्रै खाने, छिटो छिटो नखाने, शान्त अवस्थामा विस्तारै स्वाद लिदै चपाएर खान जरुरी छ । होइन भने पेटमा सड्ने,अम्लिय पन ग्यास बढने, अपच भई झाडा पखाला लाग्ने, आन्द्राको शरिर बचाउने झिल्लि, नष्ट भइ शरिरमा विषजन्य पदार्थहरु जम्मा भएर नसर्ने सुगर प्रेसर, मुटु मृगौला, कलेजो, थाइराइड, पथ्थर, आदी सबै समस्या हुने, अकालमा मर्ने, धेरै पैसा उपचार औषधीमा ह्रास नास हुने, श्रम, समय खेर फाल्ने समस्या बेहोर्न पर्ने र धेरै समय देखिको हाम्रो अवस्थामा सुधार गर्न पनि नसकिने हुन्छ । यहि अवस्था दक्षिण एसिया, अफ्रिका विकशित भनिने युरोप अमोरिका पनि रहेछ मानिसहरु खराब खानपानले कति ग्रसित भएर शरिर मन कमजोर भएको रहेछ कोरोनाले निम्त्याएको मृत्यु र संक्रमणले स्पष्ट पारेको छ ।

खानाको गुलिया, नुनिलो, मसालाहरु, रिफायन टेल, बढी शोषिन्छ, बढी विषजन्य हुन्छ, र कलेजो, मुटु, मृगौला, दिमाग, ग्रन्थीहरु सबैलाई खराब असर गरिरहेको हुन्छ । रगतका साना ठूला नलिहरु ब्लकेज भई टिस्यु सुजन हुने र रोगको समस्या ल्याउने हुन्छ त्यसैले भरसक प्राकृतिक अवस्थामा काचै मिल्ने फलफुल, सलाद आईटम, सागपातहरु, भिजाएको टुसा उमारिएको गेडागुडीहरु, सुख्खा फलफुलहरु भिजाएर सफा गरिएको, पेटको आन्द्राको रोग प्रतिरोधात्मक झिल्ली, पेटमा भएका लाखौ राम्रा जीवाणुहरुको अनुपातलाई केहि असर नगर्ने हुन्छ र स्वास्थ्य दायक हुन्छ, यसलाई समय मिलाएर र अघिपछि खान जान्नु पर्छ ।

औषधि भनेको रसायन हो, यो सबै शोसिन्छ र यसले पेटको सबै आन्द्रामा भएका असल जीवाणुहरुलाई हानी गर्छ, त्यसैले सकेसम्म नखानुनै वेश हो । यसले एउटा अवस्थालाई केहि हद सम्म सुर्धाछ भने अर्को तिर असर पनि गरिरहेको हुन्छ, पेटको, मुटु, कलेजो, मृगौला आदि धेरै दीर्घ रोगहरुलाई निको पार्न नसक्ने हुन्छ ।

नसर्ने रोगहरु लागि सकेपछि जिन्दगी भर औषधि खाएर निको भएको भन्ने छैन । रोगको जटिलता हुन रोक्ने मात्र हो, तर प्राकृतिक खानामा सुधार गरे रोग निको एक हप्ता देखि वर्ष दिन भित्र निको हुने मात्रै होइन, स्वास्थ्य लामो समय सम्म कायम राख्न सकिन्छ । अर्कोे पेटको पाचन शक्ति बढाउन, विषजन्य रासायनिक पदार्थहरु फाल्न, शरिरमा अक्सिजनको आवश्यकता र मा त्रा बढाएर सकारात्मक सोँच र शरिरको तन्किने फुक्ने शक्ति बढाउने, रोग प्रतिरोधात्मक शक्ति बढाउन योग, ब्यायाम प्राणायाम, ध्यान पनि निरन्तर आावश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *