जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बागलुङ नगरपालिकाको सेवा बन्द

आदर्श अनलाइन, बागलुङ

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बागलुङ नगरपालिकाले अनिश्चितकालका लागि सबै सेवा बन्द गरिएको छ ।

नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना सक्रमण पुष्टी भएपछि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्त प्रसाद सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुष्टी भएपछि सोमबारदेखि लागु हुने गरी अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको सुवेदीले जानकारी दिनुभयो ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टी भएका छन् । जसमध्ये अधिकांश बागलुङ बजार क्षेत्र असपास र सेनाको व्यारेकाका आर्मीमा सक्रमण पुष्टी भएको थियो ।

बागलुङ नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा संक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण अझै एक हप्ता जती नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । खनालले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हाल सम्म ५२५ जनालाई संक्रमण भएको छ । जसमध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको संख्या १५७ रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *