शान्त र स्वास्थ्यको लागि ध्यान शिविर कार्यक्रम र उपलब्धी

जीवन शाक्य
ज्ञानोदय बुद्ध विहारको आयोजनमा विहारको माथिल्लो हलमा काठमाण्डौबाट पाल्नु हुने भन्तेज्युको संयोजनमा यस बागलुङ नगरपालिका स्थित विभिन्न माध्यमिक विद्यालयका कक्षा ९, १० का छात्र छात्राहरुको लागि आगामी जेष्ठ ९ गतेदेखि १३ गते सम्म ५ दिन, एक–एक दिनको ध्यान शिविर संचालन हुदैछ । ध्यान साधना भनेको मन अथवा मष्तिष्कका उब्जिने धेरै सोँच विचारहरु र यसले दिने सकारात्मक नकारात्मक संवेदनाहरु दुख पीडा रिस इष्र्या द्धेष अहंकार क्रोध वदलाको भावनाहरु कम गर्दै कमसेकम सहन सकिने शान्त स्वस्थताको अनुभुति हुने अवस्था सम्म पु¥याउने विधी हो ।

बुद्ध सन्तहरुका अनुसार यो कुनै इश्वरको सोँच साधना होइन । कुनै इश्वरको शोच साधनामा मन केन्द्रित गर्नाले केही क्षण मन शान्त भएजस्तो होला, तर आफनो हीत कल्याणको लागि लामो समय सम्म मन नियन्त्रण र केन्द्रित गर्न सकिदैन । सदियौै देखिको पैसा भौतिक सम्पत्ति, पद प्रतिष्ठा कमाउने, सुसम्पन्न हुने वा कसैसंग वदलाको भावना पुरा गर्ने तृष्णा, कामना, इष्र्या, द्धेष, अहंकार, लोभ मोहको अकुशल अधेरो संस्कारले सन्चित वा थुप्रिएको फोहर विकृतिहरुलाई वाहिर निशेचन वा फाल्न सकिदैन, फाल्न नसकिए सम्म शरिर र मन शान्त स्वस्थ वनाउन पनि सकिदैन । पुर्व जन्मदेखि र एैले वतर्मान सम्म आफनै गलत नकारात्मक शोच धारणा, ब्यवहारहरु वा ज्ञानको कमीले सिर्जेको निम्त्याएको सन्चित वा थुप्रिएको फोहर विकृति विसंगतीहरु, हीन ग्रन्थीहरुको तह तहको संस्कारहरु हुन्छ, छ । यसले श्वास मुटु, मष्तिस्क शरिरको सवै अंगहरु कमजोर, रोग प्रतिरोधशक्तिमा धेरै कमी, होश चेत सजगता सम्वेदनशिलतामा कमी ल्याएको हुन्छ, आत्तिने मात्तिने हतारिने स्वभावले मन शरिरलाई गाँजेको हुन्छ, इच्छा संकल्प शक्ति कमजोर वनाएको हुन्छ ं। यसले गर्दा हामीले आफू परिवार समाज राज्य सवैलाई गलत ढंगले वोली ब्यवहार गरिररहेका हुन्छौं, छौं झगडा इष्र्या द्धेष, क्रोध, डर विषय वासना ब्यभिचार, भ्रष्टाचार हिसा अशान्तिको वातावरण फैलाईरहेका छा्रंै । राज्यको विकास निर्माणमा धमिरा लागेको छ । यो पनि अनित्य, अपरिवर्तनशिल छैन, परिवर्तनशिल छ सधै रहदैन, यसलाई निवारण गर्न, हटाउन सकिन्छ ।

ध्यानमा बाधा अडचनहरुः
मन चित्त एकदम चन्चल हुन्छ, यसको गति रकेट भन्दा वढी हुन्छ एक मिनटमा १२,१५ थरि भन्दा वढी थरिका शोच विचारहरु उठन सक्छन । कुनै पनि विषय वस्तु घटना राग द्धेषले मन ज्यादै आक्रान्त भयो १२ थरि वा त्यो भन्दा शोच विचारहरु उठन् सक्छ, र मन अशान्त हुन्छ, मष्टिस्क थाक्छ, निद्रा भोक हराउने, पागल हुने, आत्म हत्या गर्ने र मने मार्ने शोच उठन सक्छ, भएका पनि छन् । यसैले यस्तो मन मतिष्कको संस्कारवाट वच्न विषय वस्तु, ब्यक्ति घटना आदि प्रति सहि सकारात्मक शोच धारणा दृष्टिकोण अपनाउनु जरुरी छ ।

आफनो र आफनो परिवारको (मम मेरो) पैसा पद प्रतिष्ठा वचाउने वासना सुविधामा रमाउने शोँच ब्यवहारका कारणले काम क्रोध लोभ मोह अहंकार इष्र्या द्धेषको क्रिया प्रतिक्रिया गर्नेे वानी संस्कार वनिरहेको हुन्छ, यस्तो सदियौं देखि वर्तमान सम्म हामीले गर्दै आईरहेका छौ र धेरै फोहर विकृतीहरुको तहतह शरिरमा थुप्रिएको छ । यस्तो अकुशल संस्कारले गर्दा कसैले विना कारण गलत टिप्पणी गर्ने, गलत शब्द, रिस रागले वोल्यो भने हामी सवैलाई रिस उठछ र प्रतिक्रिया स्वरुप हामी पनि रिसाउछौं, चिन्तित हुन्छौ वदला लिने आदि कार्य गर्छौं । यस्तो नकारात्मक प्रतिक्रिया गर्ने संस्कारवाट वच्नु भनेको सकारात्मक शोच ज्ञान ब्यवहार अपनाउन सक्नु हो । आफनो मम मेरोको स्वार्थको लागि समाजमा समुदायमा अरुलाइ हानी पु¥याउने शोच यस्ता ब्यवहारहरु त्याग्न सक्नु पर्छ । ध्यान शिविरहरुमा यी कुराहरु प्रष्ट पारिने हुन्छ । कुनै विषय वस्तु ब्यक्ति घटना प्रति धेरै सजग सचेत भएर एक पक्षिय होइन अनेक पक्षबाट हेर्न विरोध, प्रतिक्रिया नगर्ने समता भावले हेर्ने ज्ञान सिकाईएको हुन्छ ।

आफनो काम ब्यवहार लक्ष उदेश्यमा वाधा विरोध हुदाँ हामी क्रोधले आगो वनेका हुन्छा, यसतो वेलामा मन शरिर एकदम रन्किएको हुन्छ त्यसले आफुलाइ सवभन्दा हानी गर्छ, उच्चरक्तचाप र मुटुको रोग छ भने पक्षाघात, हर्ट एटयाक वा मृगौलाले काम नगर्ने अवस्था सम्म पु¥याउन सकछ । आफुले केहि छिन सम्म गरेका सम्पुर्ण पुण्य सन्चित र कुशल कर्महरु नाश वनाउछ । रोग प्रतिरोध शक्ति ध्वस्त हुन्छ, शरिरका सवै अंगहरु कमजोर भई रोग उन्मुख हुन्छ । त्यसतै इष्र्या द्धेष लोभ मोह अहंकारको आगोले पनि हाम्रो श्वास, मुटुको गति धडकन, सहन सकिने भन्दा वढी तुल्याउन सक्छ तुल्याईरहेको हुन्छ, मन मष्टिस्क नियन्त्रण भन्दा वाहिर हुन्छ एकत्रित गर्न सकिदैन ।

लागु पदार्थको सेवन गर्ने रक्सी जुवा तास खेल्ने, वाहिर अर्काको छोरा, छोरी चेली वेटी, श्री मति÷श्री मान संग रात विताउने श्री मान÷ श्री मति दाज्यु भाई आदि जो कोहिे होस् उसले परिवारको सदस्यहरु वीचको सम्वन्ध काम ब्यवहारमा धेरै ठुलो हानी नोक्सानी पु¥याईरहेको हुन्छ । यसतो दुर्गुणमा रमाउने जो कोही किन नहोस कोही आफन्त हुदैन, आफनै श्री मान वा श्री मति दाज्यु भाई छोरा छोरी आदि कसैले कसैलाई आफनो भनेर ब्यवहार गर्न नसक्ने हुन्छ, स्थिति वाातावरण पैदा भएको हुन्छ, बरु छिटै मर्दिए हुन्थ्यो टाढा भै दिए हुन्थ्यो भन्ने सम्म स्थिति आईपर्छ । यस्तै पैसा सम्पत्तिको वढी लोभ लालचले दाज्युभाइृ वावु छोराको सम्वन्ध राम्रो भएको अवस्था हाम्रो छैन । दाइजो प्रथाले समाजमा चेलीवेटीहरुको अवस्था तराई तिर धेरैको नर्क समान छ । त्यसैले गलत संस्कारित ब्यक्ति परिवार आफन्त कोहि पनि मेरो आफन्त हुदैन आफनो गलत संस्कारले आफनै परिवारको सदस्यहरुले पनि आफनो भनेर ब्यवहार गर्दैन, गर्न धेरै कठिन हुन्छ । यसैले मम, मेरो आफन्तको स्वार्थी शोच धारणा अपनाउनु सामाजिक अपराध हो । सम्पत्ति पनि चोरी डकैटी भएर आगो लागेर, भुकम्प आएर रित्तिन सक्छ, गलत शोच संस्कारले रोग लगायत अनेक यात्रामा दुर्घटना, झगडा मारकाट निम्त्याउँछ । मरेपछि संगै कोही जादैन, जाने भनेको आफनो कुशल अकुशल, पाप पुण्यको कमाई संस्कार हो । गलत पापको संस्कारले आफु अरु जो कोही पनि यो जुनिमा र अर्को जुनीमा कहिले पनि शान्त सन्तोष संग वस्न सकिदैन ।

मनुष्य भएर जन्मेपछि, समाजमा रहदा वस्दा वा शान्तिको लागि सवैको हीत कल्याण हुने ब्यवहारनै अपनाउनु ज्यादै आवश्यक हुन्छ । मम मेरो आफन्तको शोच भावले विषय वासना राग द्धेष इष्र्याको वोली चाली ब्यवहार घटनाहरु दोहरिन्छ यस्तो वानी संस्कार वा पापहरु हामीले पुर्वको धेरै जन्महरु देखि लिएर वर्तमान सम्म गरिरहेका छौ यसले हाम्रो आफनै मन मष्टिस्क श्वास मुटु शरिरको गति तनाव चिन्ता उदासले लपेटिने हुनाले यसतो शोच संस्कारमा हुर्के वढेको युवा युवती विद्यार्थी प्रौढ वुढा वुढी जो कोहि होस उसले शिल सदाचार ध्यान साधनामा लाग्न नसक्ने हुन्छ, लागे पनि धेरै कठिन वढी समय लाग्छ । प्रकृतिको यो नियम विधी कानुन सवैलाई लागु हुन्छ, यसले धनी गरिव, उच नीच जात हिन्दु मुस्लिम वौद्ध इसाई आदि केहि भन्दैन । पुजा साधना कर्मकाण्ड, वलि दिएर सन्चित भएका र हुने विकार विसंगती पापहरु नष्ट हुदैनन सही ध्यान साधना विधी अपनाउनै पर्छ चाहे जो कोही होस् ।

ध्यान के हो ? विधि, उपलब्धी
कूनै पनि इनार कुवा तालको पानी नचलेको नचलाईएको शान्त अवस्था छ भने हामीले त्यहा हेर्दा आफनो आकृति आफै देख्न सक्छौं तर ढुंगा फाल्ने चलाउने आदि गर्यौं भने पानीमा छाल तरंग उठने हुनाले आकृति हेर्न देख्न सकिदैन । ठीक त्यस्तै अवस्था हो धेरै शोच विचार गर्दा श्वास मुटु शरिर मनुको गति धेरै हुन्छ, आवाज, तरंग छाल चकार््े हुन्छ र हामी शान्त स्वस्थ सहनशिल अवस्थामा हुदैनौं । शान्त नचलाईएको ढुगा नहानिएको इनार तालको अवस्था जस्तै मनलाई वनाउन शोच विचारहरु शान्त हुनु आवश्यक छ । आफनै पुर्व जन्महरु देखिको वा जन्मेदेखि वर्तमान सम्म अपनाईएको गलत नकारात्मक शोँचब्यवहार, स्वभाव संस्कारका परिणामले श्वाश मुटु मष्तिस्क र शारिरको सवै भागमा प्रभाव परेको छ । तर यो पनि परिवर्तनशिल छ शान्त वनाउन सकिन्छ भन्ने शोच राख्दै यस प्रति विरोधको भाव, वा प्रतिक्रिया नगरेर सकारात्मक स्वीकार भाव राख्दै शाक्षिभएर यथाभुत आउन दिने हेर्ने निरिक्षण गर्ने सहयोग गर्दे जाने हो भने पुरानो सन्चित फोहरहरु फालिदै जान्छ नयाँ वनाउने पनि कम हुन्छ र पछि विस्तारै मन मष्तिस्क शान्त स्वस्थ भएको अनुभव गर्न सकिन्छ । यही अनुभुति गर्ने संस्कार वसाल्नु ध्यान साधना हो । अथवा ध्यान साधनामा वस्दा आफुले केहि तृष्णा कामना केहि नगर्ने, केहि नशोच्ने आफू केहि पनि होइन मात्र शाक्षि भएर द्रस्ताभावले श्ँवास मुटु धुकधुकी, तरंग गति चाप दुखाई स्पर्श सम्वेदना जे भईरहेको मात्र हेर्ने निरिक्षण गर्ने वस्ने प्रक्रिया हुन्छ र आफनो आसनलाई एकटकले हेरिरहने काम हुन्छ ।

खाना पकाउदा प्रेसर कुकरकोे आवाज शुरुशुरुमा ठुलो हुन्छ प्वाल टालिएको खराव अवस्थामा छ भने प्रेसर कुकुर पडकेर हामी मर्न पनि सक्छौं । तर यदि प्रेसर ठीक अवस्थामा छ र सिटी खोल्ने हो भने पहिला ठुलो आवाज संगै विस्तारै चर्को आवाज कम हुदै, नआउने शान्त अवस्था आएको अनुभुति हामीले महशुश गरेकै हुन्छौं। यस्तै श्वास मुटु शारिर मनको आवाज गति एकदम कम भएको शान्त अवस्थाको अनुभुतिलाई एकछिन होइन, लामो समय सम्म लम्ब्याउन सक्छौं भने शान्ति स्वास्थ्यको अनुभुति हामीले गर्न सक्छौं ।

ध्यान विहान बेलुकी खाली पेटमा सकेसम्म केहि योग व्यायाम प्राणायाम पछि एउटा कोठामा एक्लै वा समुहमा धेरै ठुलो शान्त ठीक्क तापक्राम भएको कोठामा केहि नरम चकटे आदि ओछयाएर सजिलो आसनमा ढाड सिधा गरि सजिलो आसनमा वस्ने क्रिया हो । लगाईएका कपडा लुगाहरु कस्सिएको, धोल्लो, मौसम अनुसार वढी गर्मी वा चिसो नहुने खालको हुनु आवश्यक छ । वीच वीचमा हलुका नाष्टा खाना खाजा ब्यवस्थित गरिएको हुन्छ । त्यहि वेला केहि कुराकानी साथी भाई संग गर्न नरम र आवाज चर्को नगरि गर्न सकिन्छ तर ध्यान वस्दा चुपचाप हेर्दे वस्ने हो । चुरोट रक्सी खाने चश्मा लगाउने, भिन्दै फेसनेवल उत्ताउलो कपडा ड्रेस लगाउनु पर्ने टीका टालो गर्नु पर्ने केहि हुदैन । यथाभुत चित्त श्वास मुटु र शरिरमा जे कम्पन धडकन तरंग गती आवाज जे भईरहेको एकदम धैर्य भएर करुणा भावले सवै आउन दिएर शाक्षिभावले हर्ने निरिक्षण गर्दै वस्ने हो । ध्यान वस्ने छात्रछात्राहरुलाई लाभ होस मंगल होस यहि कामना ।
साभार आत्म दर्शन (सत्य नारायण गोयन्का) पुस्तक, भन्ते सन्तहरुको धार्मीक देशना, वुद्ध शिक्षा । भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *