एक साता नहुँदै निसीखोलाका हाकिमको सरुवा


आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृतको एक साता नहुँदै सरुवा भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन कार्यालयमा हाजिर भएको एक हप्तामै सरुवा हुनुभएको हो।

यस अघि गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीले दुई प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउनुभएको थियो । यसपटक भने सर्यबहादुर घर्तीले प्रमुख प्रशासकीय अधिकृत पुनलाई हाजिर गराउनुभएको थियो । तर एक हप्तामै सरुवाको पत्र आएको पुनको भनाई छ ।
वैशाख १२ गते निसीखोला गाउँपालिकामा हाजिर हुनुभएको पुनको वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको छ ।

यस अघि निसीखोला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको ध्रब रिजाल र चुर्ण बहादुर कार्कीलाई हाजिर नगराई फर्काएको थियो ।

त्यस यता निमित्तको भरमा गाउँपालिका सञ्चालन हुँदै आएको थियो । गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा दिलिप कुमार चन्दले काम गर्दै आउनुभएको थियो । गाउँपालिका निमित्तको भरमा चलाएको भन्दै निसीखोलाबासीको आक्रोस रहदै आएको छ ।

यस विषयमा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । “केन्द्रले पठाएको हाकिमको हाजिर वैशाखको १२ गते गराएका थियौ, हाजिर गराएको एक हप्तामै पुन सरुवाको पत्र आयो भन्छन्” अध्यक्ष घर्तीले भन्नुभयो “निसीखोला गाउँपालिकाको प्रशासकीय अधिकृतमा ठूलै चलखेल देखियो, एक हप्तामै सरुवा भएको मैले सुनेकै थिएन ।”

हेर्नुहोस सरुवाको पत्र

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *