पर्वतको मल्लाज दम्पती हत्या प्रकरण : दुई जना पक्राउ


आदर्श अनलाइन, पर्वत
पर्वत जिल्लाको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिनु भयोे । विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको र अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको छ ।

१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।

जिल्ला र प्रदेशबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले आरोपी पक्राउ गर्न नसकेपछि संसद्मा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबीको टोली पठाएका थिए । पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी तयारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *