साना किसान सहकारी अनुशरण कार्यक्रम : नारायणस्थानले दियो रेशलाई व्यवस्थापन जिम्मा

आदर्श अनलाइन, बागलुङ

साना किसान कृषि सहकारी संस्था लिमिटेड, बानपा–१४, नारायणस्थान बागलुङले प्रवद्र्धन गरेको रेश साना किसान कृषि सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं ७ रेशलाई आइतवार व्यवस्थापन हस्तान्तरण गरिएको छ । साना किसान कृषि सहकारी संस्थाहरुको साना किसान अनुशरण कार्यक्रम अन्तरगत नारायणस्थान साना किसान सहकारीले रेश साना किसान कृषि सहकारीलाई प्रवद्र्धन गरी व्यवस्थापन हस्तान्तरण गरेको हो ।

साना किसान कृषि सहकारी संस्थाले अर्को ठाउँमा साना किसानहरुलाई संगठित गर्ने, उनीहरुलाई संस्थागत रुपमा वित्तीय तथा गैर वित्तीय कारोबारका लागि प्रोत्साहित गर्ने, सहकारीलाई विधि प्रक्रिया अनुसार व्यवस्थित रुपमा सञ्चालनका लागि सहयोग गर्ने र सक्षम बन्न थालेपछि व्यवस्थापन हस्तान्तरण गर्दै आएको साना किसान सहकारी संस्थाका प्रवन्धक नारायण ढकालले जानकारी दिनुभयो ।

साना किसान कृषि सहकारी संस्था नारायणस्थानले यस भन्दा पहिला ४ ठाउँमा साना किसान कृषि सहकारी स्थापना गरी व्यवस्थापन हस्तान्तरण गरिसकेका छौ, पाचौ संस्थाका रुपमा रेशमा साना किसान अनुशरण कार्यक्रम सञ्चालन गरेका थियौ, प्रवन्धक ढकालले भन्नुभयो,–रेशको साना किसान कृषि सहकारीले छोटो समयमा संस्था दर्ता, समुह परिचालन, सदस्य वृद्धिसंगै कारोबार वृद्धि गर्नुका साथै संस्थागत रुपमा व्यवस्थित तरिकाले संस्था सञ्चालन गरेको देखेर हामी धेरै खुशी छौ ।

व्यवस्थापन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि संविधानसभाका सदस्य नर बहादुर थापाले साना किसान कृषि सहकारीहरुमा संस्थागत सहयोगका साथै सदस्य केन्द्रीत व्यवसाय प्रभावकारी बन्दै गएकोले सहकारीका क्षेत्रमा साना किसान सहकारीहरु ब्राण्डका रुपमा अगाडि बढेको बताउनुभयो ।

उहाँले पछिल्लो समय सहकारी क्षेत्रमाथि कालो बादल मडारिएको चर्चा गर्दै केही गलत काम गर्ने सहकारीहरुका कारण सिंगो सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भएको भन्दै उहाले सहकारीका सदस्यहरु जागरुक भएर सहकारीको साख जोगाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले सहकारीलाई सदस्यका बीचमा स्थापित गर्न, सदस्यहरुको सक्रिय सहभागिता र अपनत्व बनाउनका लागि साना किसान मोडेल प्रभावकारी रहेकोले यसलाई अरु सहकारीहरुले पनि अनुशरण गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक कमला कुमारी पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेपाल कृषि केन्द्रीय सहकारी संघका सञ्चालक कृष्णबाबु श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था गण्डकी प्रदेश पोखराका प्रमुख विदुर अर्याल, काठेखोला गाउँपालिका वडा नंं ७ का अध्यक्ष प्रेम लामिछाने, नेकपा एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की, काठेखोला वडा नं. ७ का वडा सदस्य शारदा थापा, एमाले रेशका अध्यक्ष रामचन्द्र शर्मा, नेपाली कांग्रेस रेशका पूर्व सभापति प्रेम बहादुर कार्की, रेश साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष याम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था नारायणस्थानका अध्यक्ष ओम बहादुर केसीको अध्यक्षता, रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उजेली शर्माको स्वागत र ओदानडाडाका प्रधानाध्यापक प्रजापति गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लोक गायक सुमन खड्का, कमला सुनार, स्थानीय कलाकार सुजन नेपाली, बाल आर्यन गौतम तथा रेश नुन्थला मावि र जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

This image has an empty alt attribute; its file name is u-750x338.jpg

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *