बेनीमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता हुँदै


आदर्श अनलाइन, म्याग्दी

यही बैशाखको अन्तिममा म्याग्दीको बेनीमा प्रथम निलगिरी कप बि, सि तथा डि लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बेनीमा रहेको निलगिरी यातायात प्रालिको पाँचौं वार्षिकोत्सवमा नयाँ वर्ष २०८१ को अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता अयोजना गर्न लागिएको सञ्चालक विजय थापाले बताउनुभयो । थापाका अनुसार निलगिरी यातायात प्रालिको पाँचौं वार्षिकोत्सवको सन्दर्भमा यातायात र खेललाई जोड्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला स्तरीय प्रतियोगिताको बि लेभलको प्रथमलाई १० हजार नगद र दोश्रोलाई ६ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै सि लेभलका लागि पहिलो पुरस्कार ३० हजार, दोश्रो २० हजार र सेमीफाइनलबाट बाहिरीने दुवैलाई पाँचपाँच हजार रुपियाँ नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी डि लेभलको प्रतियोगितामा पहिलो हुनेले २० हजार नगद, दोश्रोले १२ हजार र सेमीफाइनलबाट बाहिरीने दुई जनाले चारचार हजार रुपियाँ नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

निलगिरी यातायात प्रालिले पत्रकार सम्मेलनको आयोजना गरेर ब्याडमिन्टन प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले निजी क्षेत्रको सहभागिताले खेल क्षेत्रको समेत बिकास हुने भएकाले पनि यस्ता प्रतियोगिताहरुमा निजी क्षेत्रको सहभागिताका लागि आफूले पनि प्रयास गरेको बताउनुभो । पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य प्रविण शाहीलगायतलेको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *