असिनाले गहुँमा र फलफूलमा क्षति


आदर्श सञ्चार, म्याग्दी

अविरल असिनापानीले भित्राउने समय भएको गहुँ तथा सुन्तला जातको फलफूल लगायतको बालीमा क्षति पु¥याएको छ ।

रघुगंगा गाउँपालिका–३ पिप्लेका रमेशसिंह ठकुरीले सुन्तला, मौसम, प्याज, काउली, लसुनलगायतका फलफूल तथा गौं, जौ लगायतका अन्नबालीका साथै सागपातमा पनि ठूलो क्षति पु¥याएको बताउनुभयो । तरकारीबाली सबै ध्वस्त बनायो सुन्तला मौसम जस्ता सुन्तला जातका फलफूलमा पनि निकै ठूलो क्षती पुगेको छ–उहाँले भन्नुभयो ।

कालिमाटी दलेखि लेखडाँडा सम्मको क्षेत्रमा धेरै असिना परेको र त्यस क्षेत्रको बालि नष्ट पारेको उहाँको भनाई छ । उहाँका अनुसार रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती तथा मौवाफाँट क्षेत्रमा दिउँसो साढे तीन बजे तिरको असिनाले बालिका क्षति पु¥याएको हो ।

रघुगंगा गाउँपालिका–४ दग्नामका गुन पुनका अनुसार दग्नाम, दर्मिजा रघुगंगा ५ झिँ, ६ पाखापानी क्षेत्रमा पनि असिनाले जौ तथा गहुँ खेती नष्ट गरेको छ । चार बजे पछि परेको असिनाले अब थन्क्याउने समय भएको गहुँलाई सत्यानास पा¥यो उहाँले भन्नुभयो । पहिला पिप्ले क्षेत्र तिर असिना परेको खबर पाएको थिएँ अहिले यस क्षेत्रमै असिनाले सत्यानास पा¥यो पुनले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीकी सूचना अधिकारी सम्झना आचार्यले रघुगंगा गाउँपालिका क्षेत्रमा असिनाले क्षति पु¥याएको जानकारी आएको भए पनि क्षतिको एकिन बिबरण नआएको बताउनुभयो । उहाँले आज बेलुका सम्मै असिना पानी परेको खबर आएकोले भोली मात्रै क्षतिको विवरण संकलन गर्न किने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *