ताराखोलामा राष्ट्रिय युवा संघको पालिका अधिवेशन सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपालको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख सम्पन्न श्रेष्ठले राष्ट्र निर्माणमा युवाहरुको भूमिका सक्रिय हुनुपर्ने बताउनु भएको छ ।

पछिल्लो समय अधिकाशं युवाहरु सामाजिक सञ्जालमा राष्ट्र र राष्ट्रनेताको आलोचना गरेर समय खेर फाल्ने गरेको भन्दै श्रेष्ठले त्यो समय रचनात्मक कार्यमा लगाए राष्ट्र र राष्ट्रियताका निम्ती फलदायी हुने बताउनु भएको हो ।

देशमा केही छैन्, यहाँ बस्न सकिदैन भन्दै युवाहरु दिन प्रतिदिन विदेशियको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले देशमै वातावरण सिर्जना गर्नका लागि नेतामात्र होइन् स्वयं युवाहरु पनि राजनीतिमा आउनु पर्ने र योगदान गर्नुपर्ने बताउनु भयो ।

अधिवेशनले प्रकाश छन्त्यालको अध्यक्षतामा २२ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल ताराखोला गाउँपालिका कमिटी गठन गरेको छ ।

नव निर्वाचित कमिटीलाई नेकपा एमाले जिल्ला कमिटि बागलुङका सदस्य खरिमाया विक, राष्ट्रिय युवा संघ नेपाल बागलुङका अध्यक्ष बुद्ध बोहरा, सचिव शिवराज कंडेल, बागलुङ नगर कमिटि संयोजक प्रवेश पौडेल लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम तराखोला गाउँपालिका अध्यक्ष ऋषिराम रोका मगरको अध्यक्षता, सचिव दुर्गा बगालेको स्वागत र राष्ट्रिय युवा संघ नेपाल विज्ञान तथा प्रविधि विभाग सचिव यम रोका मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *