श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

आदर्श अनलाइन, बागलुङ
श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ परेका छन् ।

बागलुङ नगरपालिका-२ का अर्जुन बहादुर सार्कीलाई श्रीमती दीपा आलेलाई खुकुरी प्रहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

बुधबार राती साढे १० बजेको समयमा स्कुटरमा हिडेकी दीपालाई बिच बाटोमा रोकेर श्रीमान अर्जुन खुकुरीले जथाभावी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएकी दीपाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।श्रीमतीलाई खुकुरी प्रहार गरेपछि अर्जुनले आफुलाई पनि खुकुरी हानेको पाइएको छ । घटनास्थलबाटै पक्राउ परेका अर्जुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

दीपाका आफ्न्तले प्रहरीमा उजुरी दिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिनुभयो । घटनाको अनुसन्धान सुरु भएको यादवको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *