काठेखोलाकी चन्द्रमालाई राष्ट्रिय संगीत अवार्ड

आदर्श अनलाइन, बागलुङ

मोडल चन्द्रमा विश्वकर्माले ‘नव महिला मोडेल’ तर्फको राष्ट्रिय संगीत अवार्ड प्राप्त गर्नुभको छ । बागलुङको काठेखोला गाउँपालिका–४ की विश्वकर्माले कास्की खबरले प्रदान गरेको दोस्रो राष्ट्रिय संगीत अवार्ड २०८१ को सर्वोत्कृष्ट नव महिला मोडेल तर्फको विधाबाट अवार्ड प्राप्त गर्नु भएको हो ।

विश्वकर्मालाई शिरको फूल नामक म्युजिक भिडियोमा अभिनय गरे बापत नोमिनेसनमा परि भोटिङको आधारमा सर्वोत्कृष्ट नव महिला मोडेलको अवार्ड प्रदान गरिएको हो । शिरको फूल नामक म्युजिक भिडियोमार्फत पहिलो पटक डेब्यु गरेकी चन्द्रमा स्वास्थ्यकर्मी समेत हुनुहुन्छ ।

उहाँलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अवार्ड प्रदान गर्नु भएको थियो । सो अवसरमा विभिन्न विधाका कलाकारहरु साहिल गायक, सागर कार्की, कुमार पुन, शान्ती गुरुङ, दिपक आचार्य, उदय बहादुर केसी, राजु केसी र पत्रकार तथा सञ्चारकर्मीहरु मध्य कमल सरगम, रन्जन अधिकारी र गौरव त्रिपाठीसमेत सम्मानित भएका थिए ।

अग्रजलाई सम्मान नयाँ पुस्तालाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना गरिएको दोस्रो राष्ट्रिय संगीत अवार्डमा विभिन्न विधाका २६ जना सवोत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *