धौलागिरि अस्पताल विवाद प्रहरी सम्म


आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट र अस्पताल समितिका सदस्य बीचको बिबाद प्रहरी सम्म पुगेको छ ।

अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा पुगेको छ ।
डा. प्रधानले आफूमाथी हातपातको प्रयास भएको भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा श्रेष्ठलाई प्रहरी र्काालयमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले बताउनुभयो ।

“सामान्य सोधपुछका लागि श्रेष्ठलाई बोलाइएको हो, पक्राउ भन्न मिल्दैन, डाक्टरलाई बोलाइएको छ, पहिला दुईपक्षलाई राखेर छलफल गरिन्छ” यादवले भन्नुभयो “छलफल निश्कर्षमा पुगेपछि ठिकै छ नत्रत्र निवेदनका आधारभा अगाढी बढ्छौं ।”

श्रेष्ठले अस्पतालमा डा. प्रधानमाथी हातपातको प्रयास गर्नुभएको थियो । श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको बताउनुभयो । श्रेष्ठलाई प्रधानले कानुनी कारवाही गर्न प्रशासनसमक्ष माग गर्दै आएपछि विवाद प्रहरी सम्म पुगेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *